गोरखामा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

गोरखा । गोरखाको गोरखा नगरपालिका-१३ भडारी भिरमा हिजो बेलुकी जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका-६ बतासेका अन्दाजी १८ बर्षीय आशिष बसेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका बसेलको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।

गोरखा-आबुँखैरेनी सडकखण्डमा गोर्खाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग २ च २२९१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए ।

दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?