अवरुद्ध अरनिको राजमार्ग एकतर्फी खुल्यो

हिमालय टाइम्स
Read Time = 1 min

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका-१२ चेहेरेमा आज बिहान पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ ।

सडक विभागसँग समन्वय गरि जेसीवीको प्रयोगबाट एक लेन पहिरो पन्छाएसँगै एक तर्फ सडक खुलेको हो ।

अरनिको राजमार्ग अन्तर्गत चेहेरामा आज बिहान सवा ५ बजे पहिरो झरेसँगै दोलखा, बाह्रबिसे, कोदारी संचालन हुने सवारी साधनको आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?