अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । रामेछाप, महोत्तरी, पर्सा र भक्तपुरबाट अवैध लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका-३ आँपचौर बस्ने ४९ वर्षीय नवराज खत्रीलाई २ केजी ५ सय ग्राम गाँजासहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

महोत्तरीको जलेश्वर नगरपालिका-३ मलिबाराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ हजार ४ सय ट्याब्लेटसहित सोही नगरपालिका-३ बस्ने ४८ वर्षीय ठेलुया मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ठेलुयाको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

पर्साको पर्सागढी नगरपालिका-२ बागवानाबाट १३ केजी ८ सय ग्राम चरेशसहित मकवानपुर मनहरी गाउँपालिका-८ बस्ने ४२ वर्षीया कल्पना मोक्तान लगायत ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जितपुरबाट मनवातर्फ आउँदै गरेको ना.२ ह ३१८६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगन्ज महानगरपालिका-१७ अलौबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय ५० एम्पुल, डाईजेपाम २ सय ५० एम्पुल र नुर्फिन २ सय ५० एम्पुलसहित सोही महानगरपालिका-११ राघेमाई बस्ने ३७ वर्षीय पारस महतो लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एबी ५३११९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-८ जितपुरबाट ३ सय ग्राम गाँजासहित सोही नगरपालिका-७ बागेश्वरी बस्ने २४ वर्षीय सबिन जंग ढुंगाना लगायत २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बा.७७ प ३९७६ नम्बरको स्कुटरलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा लुकाई ल्याएको उक्त गाँजासहित स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?