माओवादी केन्द्रीय सदस्य एवं चितवन जिल्ला सहइन्चार्ज इन्द्रजीत परियार एमाले प्रवेश

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्रीय सदस्य परियार हाल चितवन जिल्ला सहइन्चार्ज समेत हुनुहुन्थ्यो । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइक्नुभएको नेता हुनु हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा उहाँको एमाले प्रवेशले माओवादी केन्द्रलाई  चितवनमा धक्का पुगेको रुपमा हेरिएकाे छ ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बन्नुभएको परियार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्नुभएको हो ।

जिल्ला अध्यक्ष भइसकेका परियारलाई माओवादी केन्द्रले बेवास्ता गर्दै आएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत परियारलाई राम्रो जिम्मेवारी नदिएपछि परियार समूह असन्तुष्ट थियो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्ट आन्दोलनको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै गर्न सक्ने बताउनु भयो । एमाले राजनीति पार्टीहरु मध्ये सक्षम नेतृत्व भएको पार्टी भएको बताउँदै उहाँले यो नै सच्चा बामपन्थी पार्टी भएको समेत बताउनु भयो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानका भाइ राजेन्द्र प्रधान पनि एमालेमा प्रवेश गर्नुभएको थियो ।

यसैगरी माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, सचिव टोपबहादुर रायमाझीलगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?