मूर्ती बनाएरै मनग्ये आम्दानी

Read Time = 4 mins

-संजीव कुमार मिश्रा
बारा । आफूसँग सीप भए स्वदेशमै राम्रो आम्दानी गरी जीवनयापन गर्न सकिन्छ । अहिलेको समयमा डिग्री भन्दा पनि सीप महत्व राख्दछ । साधारण पढाई लेखाईले अहिलेको समयमा जीवन धान्न कठिन छ । त्यसैले सरकारले पनि प्राविधिक शिक्षा तिर विशेष ध्यान दिएको छ । अहिलेको २१ औ शताब्दी प्रविधिको युग हो । आफूसँग सीप छ भने साधारण लेखपढ गर्ने मान्छेले समेत विदेश भन्दा स्वदेशमै राम्रो आम्दानी गर्न सक्छन् । यसको प्रमुख उदाहरण हुन हाम्रा देशका कालिनगढहरु ।

कालिनगढहरुले बिभिन्न देवी देउताहरुको मूर्ती बनाएर लामो सयम देखि आफनो परिवार पाल्दै आएका छन् ।
कालिनगढहरुले मूर्ति बनाएर परिवार पाल्ने पढाउने र सुखमय जीवन विताउँदै आएका छन् ।

कलैया उपमहानगरपालिका २७ रामपुर टोलका ५६ वर्षीय कालिनगढ शम्भु ठाकुर अहिले निकै व्यस्त देखिनु हुन्छ । उहाँलाई विश्वकर्मापूजाको लागि मूर्ति बनाउन भ्याई नभ्याई छ । आफू र एक जना सहयोगी मिलेर ठाकुरले विश्वकर्मा पूजाको लागि ४० भन्दा बढी मूर्ति तयार पार्नु भएको छ ।

विगत लामो समय देखि मूर्ति बनाउने काम गर्दै आएको ठाकुरले मूर्तिको कमाईबाट परिवार पाल्दै आएको जानकारी दिए । विश्वकर्मा पूजा नजिकिएको छ उहाँले भन्नु भयो,‘त्यसैले हतार हतार मूर्तिको रंगरोगन गर्दै छु । अर्डर खासै छैन तर पनि निर्माण गरिएका मूर्तिहरु विक्री हुँदै आएको छ । १ महिना देखि यही मूर्ति बनाउने काममा व्यस्त छु । एक महिना मिहिनेत गरेका मूर्तिहरु तयार गरेका छौ । पहिलाको भन्दा अहिले मूर्ति बनाउन गाह्रो छ । अहिले त माटो पनि किन्नु परेको छ । आफनो श्रम र मूर्तिमा भएको लगानी जोर्ने हो भने एउटा मूर्तिमा १ हजार पाँच सय देखि २ हजारसम्म खर्च हुन्छ । बीच बीचमा पानी परेर झन दुःख दिएको छ । मूर्ति बनाउन चाहिने माटो, पराल, भुस, बास, रंग सबै किन्नु पर्छ । महिनौ खटेर मूर्ति निर्माण गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

महिनौ खटेर निर्माण गरिएको मूर्ति २ हजार ५ सय देखि ३ हजारसम्म विक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

मिहिनेत र लगानी हेर्ने हो भने खासै फाइदा हुँदैन, उहाँले भन्नुभयो,‘तर पनि घरमा बसेर के गर्ने अलिकता जग्गा जमीन रहेको छ । खेतीको काम पनि गर्छु र समय निकालेर मूर्ति पनि बनाउँदै आएको छु । ४० वटा मूर्ति विक्री भयो भने २० देखि ३० हजारसम्म आफूलाई नाफा हुने जानकारी गराउनुभयो ।

सिजन अनुसार ग्रामिण भेगका कालिनगढहरुले शहरी क्षेत्रमा आएर यसरी विश्वकर्मा, सरस्वती, दूर्गा, गणेश लगायतका मूर्ती बनाएर आम्दनी गर्ने गरेका छन् । असोज १ गते शनिबार हुने विश्वकर्मा पुजा महोत्सवका लागि बारा जिल्ला लगायतका बिभिन्न ठाउँमा विश्वकर्मा भगवानको मुर्ती बनाउने कालीनगढहरु ब्यस्त देखिनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?