मैले दिएको वरदान प्रयोग गरेर प्रचण्डले मलाई नै भष्म पार्न खोजे : ओली

Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको आरोप लगाउनु भएको छ ।

बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले प्रवेश कार्यक्रममा बोल्दै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाउनु भयो ।
प्रचण्डको गृहजिल्ला चितवनका माओवादी नेताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले दिएको संख्यालाई प्रचण्डले बहुमत जुटाएर आफैंलाई हटाउन खोजेको बताउनु भएको थियो ।

अध्यक्ष ओलीले आफूले देश बनाउने उद्देश्यले गरेको पार्टी एकतामा माओवादी अध्यक्ष प्रचण्डले गम्भीर घात गरेको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले प्रचण्डले घात गरेपछि नै नयाँ ढंगले पार्टी अघि बढेको बताउनु भयो । उहाँले अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता रहेको बताउनु भये ।

‘मैले अँगालो हालेर, अध्यक्ष बनाएर मेरै छेउमा राख्दा प्रचण्डले मलाई ग्वाम्मै छुरा घोपे, अध्यक्ष ओलीले भन्नुभयो, अस्ति कता भिडिओमा हेर्दै थिएँ, केपी ओलीलाई त मैले साधारण सदस्यबाटै निकालेको थिएँ भनेर प्रचण्ड गर्व गर्दै थिए । कस्तो व्यक्तिलाई मैले विश्वास गरेर पार्टी एकता गरेछु अहिले अचम्म लाग्छ । मैले दिएको बहुमत मविरुद्ध नै प्रयोग गर्न खोज्ने । म भन्दै थिएँ, पर्खिनुस् महाधिवेशनबाट अध्यक्ष बनाउँछु । तर, उनी भने मसँग बहुमत पुगिसक्यो भनेर निकाल्न तम्सिएछन् ।’

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता यमबहादुर परियार ९इन्द्रजीत० माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायतलाई पार्टी प्रवेश गराउनु भएको थियो ।

कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य जेएन थपलिया, देवी ज्ञवालीलगायत सहभागी हुनु हुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?