ललितपुर । मिथिला संस्कृतिअनुसार यहाँस्थित इमाडोलमा जितिया पर्व मनाइएको छ । नेपाल महिला समाज समूहद्वारा आयोजित सो कार्यक्रममा समूहका अध्यक्ष अनिका झाले जितिया पर्वको ऐतिहासिक पक्षमाथि चर्चा गर्नुभएको थियो ।
उहाँका अनुसार जितिया पर्वलाई जिमूतवाहन, जितिया र जिवित्पुत्रका नामले पनि चिनिन्छ । विशेष गरी महिलाले सन्तानको दीघार्यु, परिवारको सुख, शान्ति, रक्षाका साथै वंश वृद्घिका लागि व्रत बस्ने गर्छन् । व्रत बस्दा महिलाले लोकगीत गाउँदै समूहमा बसी कथा सुन्ने गर्छन् ।
उपत्यकामा विशेष गरेर थारू र तराईका महिला काठमाडौँको पशुपति क्षेत्र र विभिन्न मन्दिरमा गई पूजा गर्छन् । खोला–नालामा समूहमा गई धुमधामसँग जितिया पर्व मनाउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच