सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

कास्की । अहिलेसम्मकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने भएको छ । बोर्लाङ खेलकुद विकास समितिको आयोजनामा आगामी असोज १२ देखि १६ गतेसम्म ‘बोर्लाङ भीमसेन थापा कप २०७९’ पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगिताको विजेताले एक लाख ३० हजार राशिको पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा गण्डकी प्रदेशभित्रका ११ जिल्लाका १२ टिमको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निराजन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा दोस्रो हुने टिमलाई ७० हजार, तेस्रो हुनेलाई ३५ हजार र चौथो हुनेलाई १५ हजारसहित मेडल र प्रमाण प्रदान गरिने उहाँले बताउनुभयो ।

त्यस्तै, प्रतियोगिताअन्तर्गत महिलातर्फको खुला भलिबल प्रतियोगितासमेत हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । महिला खुला भलिबल प्रतियोगितामा पनि १२ टिमको सहभागिता रहने समितिले जनाएको छ । महिला खुला भलिबलतर्फ प्रथम हुनेले ७० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले २० हजार तथा चौथो स्थान प्राप्त गर्नेले १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, सोही अवसरमा ३५ वर्षमाथिका भेट्रान्स पुरुष भलिबल प्रतियोगिता पनि हुने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न २१ लाख ३२ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?