लालपुर्जा वितरण कार्य रोक्न भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले लालपुर्जा वितरण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ ।

आसन्न आमनिर्वाचनमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले निर्वाचन सम्पन्न नभएसम्म आफू र आफ्नो मातहतबाट हुने कार्य बन्द गर्न भूमि आयोगलाई बिहीबार निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी विज्ञप्तिमा निर्वाचनमा स्वच्छता निष्पक्षतको लागि जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नाप जाँच गर्ने, जग्गाको निस्सा र जग्गाको लालपुर्जा वितरण गर्ने जस्ता कार्यहरू पनि स्थगित गर्न भूमि आयोगलाई निर्देशन दिइएको छ । त्यसको जानकारी २ दिनभित्र दिनसमेत भूमि आयोगलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।

यस्तै नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्नरनगराउन पनि आयोगले निर्देशन दिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?