नवौं खेलकुद : आर्मी फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । टियु क्रिकेटमा बिहीबार हुनुपर्ने पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमसँगको खेल भिजेको आउटफिल्डका कारण खेल हुन नसक्ने भएपछि आर्मी समूह ‘ए’ को विजेता भएका कारण फाइनलमा पुगेको हो ।

अम्पायरले साढे ११ मा मैदान निरीक्षण गर्दै दुवै टिमका कप्तान विनोद भण्डारी र राजु रिजालको सहमतिमा खेल नहुने घोषणा गर्नुभएको थियो । आर्मीले समूह ‘ए’ मा नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । पुलिससँगको जित आर्मीका लागि निर्णायक बन्यो ।

समूह ‘बी’ बाट एनआरएनए नेपाल चार खेलमा एकमा जित र तीन खेलमा अंक बाँड्दै पाँच अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । सुदूरपश्चिम चार खेलमा एकमा जित, एकमा हार र दुई खेल अंक बाँड्दै चार अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो । तर, समूह उपविजेताका कारण बाहिरियो ।

सुदूरपश्चिम, बागमती र एपिएफको चार/चार अंक थियो । सुदूरपश्चिमले एक खेल जितेको हुँदा नियमअनुसार सेमिफाइनलमा पुगेको हो । नियमअनुसार समान अंक भएमा जित भएको मान्ने गरिन्छ ।

आर्मी पाँच खेलमा तीनमा जित र दुई खेलमा अंक बाँड्दै आठ अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको थियो । पुलिस पाँच खेलमा दुईमा जित, एकमा हार र दुईमा अंक बाँड्दै ६ अंकका साथ नेटरनरेटमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । कर्णाली पाँच खेलमा दुईमा जित, एकमा हार र दुई खेलमा अंक बाँड्दै ६ अंक भए पनि नेटरनरेटका कारण बाहिरिएको हो ।

सेमिफाइनलमा नेपाल पुलिस क्लबमाथि १३ रनको रोमाञ्चक जित निकाल्दै आर्मी समूह ‘ए’ को विजेता बनेको हो । आर्मीले दिएको १७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा ८ विकेट गुमाउँदै १६४ रनमात्रै बनाउन सकेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?