समितिलाई शम्भु थापाकाे बयान : महाअभियोगबाट बच्न जबराले एमालेको चाकडी गरे

Read Time = 2 mins
A A- A+

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फैसला गर्दा पैसामा बिक्ने गरेको आरोप लगाउनु भएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले कानुन व्यवसायीहरूसँग गरेको छलफलमा बोल्दै थापाले रञ्जन कोइरालाको मुद्दाको विषयमा जबराले गरेको फैसला पैसाको चलखेल भएको उदाहरण रहेको बताउनु भयो ।

आफ्नी श्रीमतीलाई मारेर, काटेर, बोरामा हालेर प्रमाण नभेटिनेगरी जलाउने अपराधीको विवेकबाट कैद घट्छ ? पैसा बाहेक केले हुनसक्छ त्यस्तो फैसला ? भन्दै थापाले प्रश्न गर्नु ।

थापाले जबरा महाअभियोगबाट बच्नका लागि नेकपा (एमाले)को चाकडीमा लागेको आरोपसमेत लगाउनु भयो । उहाँले जबराले विवादीत बयान दिएर कुनै एक दलको मन जित्न चाहेको आरोप लगाउनु भयो । ' कुनै एक राजनीतिक दलको विश्वास जितियो भने महाभियोग लाग्दैन कि भन्ने दाउँमा छन् । तर त्यसो हुन दिनु हुँदैन । उहाँले धेरै विवादीत फैसला गर्नुभएको छ,'  थापाले भन्नुभयाे ।

'सुरेन्द्रप्रताप सिंहको दुईवटा जन्ममिति छ भनेर मुद्दा हालेर फिर्ता लिएपछि चोलेन्द्र न्यायाधीश नियुक्त भएका हुन् । उनीविरूद्ध भ्रष्टाचार लागेको व्यक्तिले दाबी गरेको बाहेक पनि सम्पत्ति छ भनेर छोडेपछि न्यायिक टिप्पणीसहित न्याय परिषद्मा सिफारिस भएको हो । त्यहाँ पनि उनी भ्रष्टाचार र चलखेलबाटै न्यायाधीश भएका हुन्,' थापाले भन्नुभयो । ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?