सलमान खानको पटक-पटक हत्या प्रयास भएको पञ्जाव प्रहरीको दाबी

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेता सलमान खानको पटक-पटक हत्या प्रयास भएको तथ्य बाहिर आएको छ । पञ्जाव प्रहरीले सलमानको हत्या प्रयासमा संलग्न गिरोहका सदस्यलाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो । प्रहरीका अनुसार सलमानलाई लरेन्स विश्नोई ग्याङले विगत चार वर्षदेखि निशानामा राखेको थियो ।

सो समूहले सलमानको हत्या गर्न पटक-पटक प्रयास गरे पनि सबै प्रयास विफल भएको प्रहरीको भनाइ छ । विगत तीन महिनामा मात्र सलमानको हत्याका लागि दुई पटक सो समूहले प्रयास गरेको तर दुवै प्रयास विफल भएको प्रहरीको दाबी छ ।

गायक सिद्धु मुसेवालाको हत्याअघि नै सो समूहले सलमानको हत्या योजना बनाएको प्रहरीको भनाइ छ । ‘प्लान ए’ विफल भएपछि हत्याका लागि सो समूहले ‘प्लान बी’ बनाएको र सो योजना पनि विफल भएको प्रहरीले बताएको छ ।

पञ्जाव प्रहरीले तीन दिनअघि सार्प सुटर कपिल पण्डितलाई गिरफ्तार गरेपछि यो तथ्य प्रकाशमा आएको हो । प्रहरीले उनीसँग सोधपुछ गरेपछि हत्याको यो प्रयासबारे जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । सन् २०१८ मा पनि लरेन्सले सलमानको हत्याका लागि सुटर सम्पत नेहरालाई मुम्बई पठाएका थिए । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?