निर्माता तथा निर्देशक दिनेशले पाँचथरबाट उम्मेदवारी दिने

Read Time = 2 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा निर्माता तथा निर्देशक दिनेश लिङ्देनले एकमात्र संघीय क्षेत्र रहेको पाँचथर जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुहुने भएको छ ।

निर्माता तथा निर्देशक लिङ्देनले ‘सीप-योग्यतालाई रोजगार, शिक्षामा सुधार, कृषिलाई बजार र विशेष प्राथमिकताका साथ स्वास्थ्योपचार’ भन्ने मुख्य एजेण्डा लिएर पाँचथरबाट संघीय सांसदका लागि उम्मेदवारी दिने जानकारी गराउनुभएको हो ।

लिङ्देन लामो समय नेकपा माओवादीको विभित्र संगठनहरूको केन्द्रीय कमिटीमा रहेर काम गरिसक्नुभएको छ । ‘माओवादीलगायत अन्य सबै राजनीतिक दलका नेतृत्वहरू देश र जनताभन्दा सत्ता र स्वार्थमा मात्र बढी केन्द्रित रहेकाले अब उनीहरूबाट कुनै सम्भावना छैन’, उहाँले भन्नुभयो, ‘पार्टीको कार्यकर्ताका नाममा राजनीति दास नभई त्योभन्दा माथि उठेर मुलुक परिवर्तनका लागि केही गर्ने उपयुक्त समय आएकाले उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’

उहाँले पाँचथर र पाँचथरवासीका लागि निःस्वार्थ भावसहित सांसद वा माननीय नभई एउट सेवक भएर काम गर्ने इच्छाशक्तिका साथ उम्मेदवारीको घोषणा गरेको दाबी गर्नुभयो । दिनेशले ‘रीत’, ‘शान्ति’, ‘अञ्जलि’, ‘तलास’लगायत एक दर्जन बढी चलचित्र निर्देशन गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?