ग्रिल व्यवसायीद्वारा बागमती सफाई औजार सहयोग

Read Time = 2 mins

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी सघ काठमाडौंले काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोेलमार्फत् बागमती सभ्यता एकीकृत विकास समितिलाई करिब सात लाख ४० हजार बराबरको बागमती सफाई अभियानका लागि आवश्यक औजार र बिरुवा संरक्षण गर्ने जाली हस्तान्तरण गरेको छ ।

सो अवसरमा उपमेयर डंगोलले काठमाडौं लाई सफा स्वच्छ हराभरा राख्ने कार्यमा ग्रिल व्यवसायीले प्रदान गरेका औजारले ठूलो सहयोग पुग्ने भन्दै महानगरपालिकाभित्र सञ्चालित सबै ग्रिल उद्योगलाई सहज किसिमले कानुनी दायरामा ल्याउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त सामग्री ग्रहण गर्दै समितिका कार्यकारी अध्यक्ष उद्धबप्रसाद तिमल्सिनाले ग्रिल व्यवसायीबाट प्राप्त उपकरण प्राथमिकताका आधारमा काठमाडौंका विभिन्न भागमा प्रयोग गरिने बताउनुभयो ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले देशभर झण्डै ११ हजारभन्दा बढी ग्रिल उद्योग व्यवसायी रहेको र वार्षिक ६० अर्ब बराबरको कारोबार हुने गरेको जानकारी गराउँदै व्यवसायीले देशमा आइपर्ने दैवीप्रकोप बाढीपहिरो, भूकम्प र कोरोना प्रभावितलाई विभिन्न राहत सामग्री प्रदान गर्दै आएको बताउनुभयो । काठमाडौं जिल्ला अध्यक्ष यज्ञदास श्रेष्ठले काठमाडौं जिल्लाअन्तर्गत पर्ने क्षेत्रीय समिति र इकाई समितिका ग्रिल व्यवसायी सदस्यले स्वतस्फूर्तरूपमा औजार उपलब्ध गराएको जानकारी गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?