काठमाडौं । स्प्रेडिङ स्माइल्स भन्ने नाराका साथ कामना सेवा विकास बैंकले राष्ट्रिय बाल दिवसका अवसरमा बालबालिकालाई आवश्यक सामग्री सहयोग प्रदान गरी बालदिवस मनाइएको छ । बैंकले कार्य क्षेत्र नजिक रहेका विभिन्न बाल आश्रम/सामुदायिक विद्यालयमा आवश्यक सामग्रीहरू प्रदान गरी बिहीबार बालदिवस मनाएको हो ।
प्रदेश १ क्षेत्रबाट हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र सर्लाही चिल्ड्रेन सेन्टर, काठमाडौं क्षेत्रबाट नन्दी माध्यमिक विद्यालय, पोखराबाट रेन्बो चिल्ड्रेन होम र जलजला बाल आश्रम, बुटवल क्षेत्रबाट मणिग्राम नमुना माध्यमिक विद्यालय, सत्य साई विद्यापिठ, राजेश्वरी आधारभूत विद्यालय, तनहुँ माध्यमिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, विन्ध्यवासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यमिक विद्यालय, नारायणघाट क्षेत्रबाट सहारा घर र आइज अप अर्फन चिल्ड्रेन होम, पश्चिम क्षेत्रबाट सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट ब्लाइण्ड चिल्ड्रेन एजुकेसन सेन्टरमा आवश्यक खाद्य र पाठ्य सामग्री प्रदान गरी राष्ट्रिय बालदिवस मनाएको बैंकले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका