सिप्रदी अटो पार्ट्सको दशैं अफर

Read Time = 2 mins

इटहरी । सिप्रदी अटोपार्ट्स प्रालिको इटहरीस्थित आधिकारिक बिक्रेता (टाटा च्याम्पियन जोन) सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ । कम्पनीले टाटा जेन्युन पार्ट्स एवं टाटा जेन्युन आयलमा विशेष छुुुुुट अफर ल्याएको हो ।

अफरको टाटा मोटर इण्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेशनल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्स प्रालिका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ । टाटा कमर्सियल गाडीधनीले अझ बढी सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन् भन्ने उद्देश्यसहित अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

अफरमा ग्राहकले एउटा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक बट्टा आयल निःशुल्क पाउनेछन् भने क्लच प्लेट तथा प्रेसर प्लेट सेट, ब्रेक लाइनिङ र इम्पेरियल ग्रिज खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाउनेछन् । त्यस्तै फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका सञ्चालक बोधप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?