लिपुलेक क्षेत्रमा पनि फोरजी सेवा

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ गरेको छ । त्रिदेशीय सिमाना पर्ने दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो ।

फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित न्यु बालाशिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रहृमलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत् र त्यहाँबाट ज्याक्ति हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको हो । ज्याक्ति र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो ।

अब छाङरुमा रहेका करिब एक सय २० घरधुरी र सात सय जनसंख्या तथा अन्य क्षेत्रका गरी करिब चार हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने कम्पनीले जनाएको छ । अब छाङरु वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकरलगायतका क्षेत्र र सिमानासम्म फोरजीको पहुँच पुगेको छ ।

सो क्षेत्रमा ब्याण्ड २० अर्थात् आठ सय मेगाहर्जमा मोबाइलमार्फत् भ्वाइस र डाटा चलाउन सकिने बताइएको छ । सो क्षेत्रमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा सरकारका अन्य विभिन्न कार्यालयसमेत रहेको कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?