खुकुरी हृवाइट रम

Read Time = 3 mins

काठमाडौं । मदिरा उत्पादक कम्पनी दी नेपाल डिस्टिलरिजले आफ्नो बहुचर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी हृवाइट रम’ बजारमा ल्याएको छ । पछिल्लो उत्पादनसँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा अब तीन प्रकारका रम भएका छन् । जसमा खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी हृवाइट रम रहेका छन् । कम्पनीका अनुसार खुकुरी हृवाइट रम एक स्पष्ट पारदर्शी रम हो, जसले गर्मीयामका पेयको माग पूरा गर्नेछ । जसलाई बरफ हालेर पिउन सकिन्छ वा कोलाकोला वा जुससँग पनि पिउन सकिन्छ ।

खुकुरी हृवाइट रम ककटेल बनाउन व्यापकरूपमा प्रयोग गर्न सकिन्छ । मोहितो लोकप्रिय ककटेलमध्ये एक हो, जुन हृवाइट रम प्रयोग गरी बनाइन्छ । हृवाइट रमको स्थानीय उत्पादन नहुने र आयातित मदिरामा प्रतिबन्धका कारण नेपालका बारहरूले मोहितो बनाउन अन्य पारदर्शी र सेतो रक्सी प्रयोग गर्नुपर्ने बाध्यता छ । तर, अब नेपाली उपभोक्ताले फेरि हृवाइट रमसँग मोहितो पिउन सक्नेछन् । खुकुरी रम मोहितो पारखीलाई अरू कुनै तरल पदार्थ होइन, रममा बनेको मोहितो नै अर्डर गर्नसमेत प्रोत्साहन गर्छ ।

नेपालको मौलिक स्वादलाई कायमै राखेर कम्पनीले खुकुरीको हृवाइट रम तयार गर्न दुई वर्षभन्दा बढी समय लगाएको जनाएको छ । हृवाइट रम विश्वस्तरीय तरल पदार्थका रूपमा विकास गर्नुअघि व्यापक परीक्षण र प्रतिक्रियाको शृंखला सञ्चालन गरिएका थिए । दी नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले भन्नुभयो, ‘खुकुरी रमको ब्राण्ड पोर्टफोलियोमा विश्वस्तरीय हृवाइट रम थपिएकोमा गर्व महसुस भएको छ, हामीले रमको आधारभूत पोर्टफोलियो अब पूर्ण गरेका छौं । हामीले उत्पादन गर्दै आएका रमका अन्य भेराइटी निर्यात गरेजस्तै हृवाइट रम पनि निर्यात गरी विदेशी मुद्रा आर्जन हुने र यसबाट राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुग्ने विश्वास लिएका छौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?