अपर अरुणको लगानी विश्व बैंकले जुटाउने

Read Time = 2 mins

काठमाडौं । दुई हजार ६१ मेगावाटको अपर अरुण जलविद्युत् आयोजनामा विश्व बैंकको नेतृत्वमा ५३.१४ अर्ब रुपैयाँ लगानी हुने भएको छ । सो सम्बन्धमा बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । स्वदेशी लगानीतर्फ लगानी तथा विकास कम्पनी लिमिटेडको नेतृत्वमा लगानी सम्झौता गरिएको छ ।

आयोजनाको कुल लागत दुई खर्ब १४ अर्ब नेपाली रुपैयाँ रहेको छ । सन् २०२४ को अन्त्यतिर सुरु भई सन् २०३० को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको हाल सम्भाव्यता अध्ययन सम्पन्न भई टेन्डर डिजाइन तथा निर्माण सुपरीवेक्षणका लागि परामर्शदाता छनोट गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ । संखुवासभाको भोटखोला गाउँपालिकास्थित आयोजनाको हालसम्मको अध्ययनअनुसार अरुण नदीमा एक सय ८३ मिटर लामो र करिब सय मिटर उचाइको बाँध निर्माण गरी ८.५ किलोमिटर सुरुङमार्फत् पानी ल्याई जलविद्युत् गृहमा खसालिनेछ ।

३० प्रतिशत स्वपुँजीमध्ये हाललाई प्रधिकरणको ६८ प्रतिशत र स्थानीय तथा सर्वसाधारणका लागि ३२ प्रतिशत तय गरिएको छ । हाल अर्थ मन्त्रालयको नेतृत्वमा आयोजनाका लागि ऋण लगानी जुटाउन समन्वय भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?