यस्तो छ तपाईंको भाद्र ३१ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र ३१ गते शुक्रबार, ई.सं.- १६ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष षष्ठी, १३ः३६ बजे उप्रान्त सप्तमी, नक्षत्र- कृतिका, १२ः२३ बजे उप्रान्त रोहिणी, योग- हर्षण, करण- वणिज, चन्द्रराशि- वृष, सूर्योदयः ५ः५०, सूर्यास्तः १८ः०६ ।

मेष : शरीरमा स्फूर्ति र उमंग कमी हुनेछ ।

वृष : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

मिथुन : नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट : विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।

सिंह : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कन्या : मित्रताको बन्धन कसिए पनि दाम्पत्य जीवनमा खटपट देखिनेछ ।

तुला : गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

वृश्चिक : सवारीसाधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ ।

धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर : महत्वपूर्ण कार्यमा परिवारजनबाट असहयोग हुनेछ ।

कुम्भ : राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।

मीन : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?