प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पनि आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाको बैठक पनि आजै बस्नेछ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?