स्विस टेनिस स्टार फेडेररद्वारा संन्यासको घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्विस स्टार एवं चर्चित टेनिस खेलाडी रोजर फेडेररले संन्यासको घोषणा गरेका छन् । फेडेररले बिहीबार लन्डनमा अर्को हप्तादेखि सुरु हुने लभेर कप आफ्नो अन्तिम एटिपी प्रतियोगिता हुने घोषणा गरेका हुन् ।

‘मेरो शरीरले मलाई हालै स्पष्ट सन्देश दिएको छ । मैले २४ वर्षमा १५०० भन्दा बढी खेल खेलेको छु । अब मैले मेरो प्रतिस्पर्धी करियरको अन्त्य गर्ने समय हो भनेर बुझ्नुपर्छ,’ फेडेररले भने, ‘टेनिस म तिमीलाई माया गर्छु र तिमीलाई कहिल्यै छोड्ने छैन।’

विश्व टेनिसमा आफ्नो छुट्टै पहिचान बनाएका फेडेररले २० पटक ग्रान्डस्लामको उपाधि जितेको छन् । ४१ वर्षीय फेडेरर तेस्रो सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी हुन् । उनले पछिल्लो पटक सन् २०१८ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

पछिल्लो समय इन्जुरीका कारण कोर्टबाहिर रहँदै आएका फेडेररले सन् २०११ पछिको ११ ग्रान्डस्लाममध्ये तीनमा मात्र प्रतिस्पर्धा गरेका थिए । उनले लगातार तेस्रो पटक घुडाको सर्जरी गर्नु परेसंगै कोर्टबाट बिदा लिने निर्णय गरेका थिए।

फेडेररले सन् १९९८ मा व्यवसायिक टेनिसमा १६ वर्षको उमेरममा डेब्यु गरेका थिए । उनले पहिलो पटक २००३ मा ग्रान्डस्लाम उपाधि विम्बल्डन टेनिस जितेका थिए । फेडेरर टेनिसको सर्वकालिन महान खेलाडी मध्ये एक हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?