हामी कस्तो राजनीतिक संस्कृतिको विकास गरिरहेका छौँ ?

A A- A+

✍️ डा. डीआर उपाध्याय
चुनावी माहोलले देशको राजनीति यतिबेला गरमागरम छ । आमजनतामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चुनावी ततो अझै लाइनसकेको भए पनि दलहरूमा भने चुनावलाई लिएर गरमागरम चर्चा, बहस र उम्मेदवारी हत्याउने विभिन्न जोडघटाउ भइरहेका छन् । देशैभर चुनावी सरगर्मी हृवात्तै बढेको छ । आफ्नो क्षेत्र र जिल्ला जिल्लाबाट लिस्टमा नाम पार्नका लागि दलका नेताहरू कम्मर कसेर लागेको देखिन्छ । यता सत्ता गठबन्धनमा कसले कति सिट आफ्नो पोल्टामा पार्ने भन्ने रसाकसी चलेको पनि धेरै भइसक्यो । निर्णयक भनेका बैठकहरू विनानिष्कर्ष टुंगिइरहेका छन् ।

सिट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ । बैठकबाट शीर्षनेताले सिट बाँडफाँट गरी टुंगो लगाउने बताइएको छ । गठबन्धनले सिट बाँडफाँट गर्न नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले लामो समयसम्म छलफल गरे पनि त्यसबारे सहमति जुटाउन सकेको छैन ।

कार्यदलमा करिब ९० सिटमा मात्रै समझदारी बनेपछि बाँकी सिट कुन दलले लिने भन्ने विषयमा शीर्ष नेताहरूबीचमै छलफल चलिरहेको छ तर यो फलामको चिउरा भएको छ । एक्लाएक्लै भिड्ने हिम्मत नभएपछि आपसमा अपमानको विष पिउँदै एमालेविरुद्ध सत्तासीन दलहरू गठबन्धन बनाएरै गत स्थानीय निर्वाचनमा गएका थिए । अबको निर्वाचनमा यसले निरन्तरता पाउने देखिन्छ । गठबन्धनकारी दलहरू एकअर्कामा चरम आशंका देखिए पनि सिटको भागबण्डामा केन्द्रित भएका छन् ।

नेपालमा केही वर्षअघिदेखि गठबन्धनको राजनीतिले जनतालाई अलमलाइरहेको छ । अब जनता अलमलमा पर्ने अवस्थामा छैनन् । आगामी चुनावमा जनताले आफैँ विवेक प्रयोग गर्नेवाला छन् । तालमेलको राजनीतिले मुलुकलाई निकास दिन सक्दैन । यो त चुनाव जितेर मिलिजुली खाने खेल हो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम कस्तो आउने हो अहिले नै यसै भन्न सकिने अवस्था भने छैन । निर्वाचनको परिणाम दिने भनेको जनताले हो । अहिले जनताले के सोचिरहेका छन् बुझ्न सकिएको छैन । आफ्नो पक्षमा निर्वाचनको परिणाम ल्याउन सबै दलहरू लागेकै छन् । स्वतन्त्र उम्मेदवारले जित्ने हुन कि भनेर राजनीतिक दलका नेताहरूमा अत्यधिक छटपटाहट पनि देखिएको छ ।
दलका नेताहरू चुनाव जित्न जुनसुकै हथकण्डाको अवलम्बन गर्न तयार छन् । सत्ता गठबन्धनले चुनावमा दुई तिहाइ बहुमत ल्याउने दाबी गरिरहेको छ । तर, गठबन्धनको राजनीतिक अभ्यासले लोकतन्त्र कमजोर हुने हो कि भन्ने चिन्ता पनि छ । लोकतन्त्रमा हरेक पार्टी अलग अलग चुनावी प्रतिस्प्रर्धा गर्नुपर्ने हो तर नेपाली कांग्रेस, माओवादी केन्द्र, माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी जसपा नेपाल अलग–अलग चुनाव लड्न डराइरहेको देखिन्छ ।

चुनावी परिणामले के देखाउने हो त्यो त पछि नै थाहा होला । नेपालमा केही वर्षअघिदेखि गठबन्धनको राजनीतिले जनतालाई अलमलाइरहेको छ । अब जनता अलमलमा पर्ने अवस्थामा छैनन् । आगामी चुनावमा जनताले आफैँ विवेक प्रयोग गर्नेवाला छन् । तालमेलको राजनीतिले मुलुकलाई निकास दिन सक्दैन । यो त केवल चुनाव जितेर मिलिजुली खाने खेल हो । यो अभ्यासको विकृत रूपलाई जनताले समयमै चिन्नुपर्छ । पार्टीको नीति विचार, सिद्धान्तविपरीत दलबीचको गठबन्धनले मुलुकलाई के निकास दिन्छ ? यस प्रकारका गठबन्धनले मुलुकलाई बर्बाद गर्ने र मुलुकको विकासलाई पछाडि धकेल्ने खेल हो । आस्था र सिद्धान्तको राजनीति हराउँदै गएको छ ।

नेपाली जनताले आफ्नो जीवन उत्सर्गगरी प्राप्त गरेको लोकतन्त्रको खिल्ली उडाउने काम भइरहेको छ । शहीदहरूको सपना पूरा हुन सकिरहेको छैन । हामीले देखिरहेका छौँ, आज सैद्धान्तिक राजनीतिलाई तिलाञ्जलि दिने काम भइरहेको छ । नेताहरू व्यक्तिगत सम्पत्ति जोड्ने होडबाजीमा छन् । यसरी देशको प्रगति हुने अवस्था देखिँदैन । नेपालको राजनीतिमा गलत र भ्रष्ट पात्रहरू हावी हुँदै छन् । यिनीहरूलाई आगामी चुनावबाट रोक्नुपर्छ । गठबन्धन दलहरू सिद्धान्तविपरीत हिँडिरहेका छन् । उनीहरू कहाँ पुग्ने हुन कुनै ठेगान छैन । गन्तव्यविनाको यात्रा अधुरो हुन्छ । नेपालको लोकतन्त्र र राजनीतिक प्रणाली नै अस्तव्यस्त हुने हो कि भन्ने चिन्ता सबैतिर छ । गठबन्धनको यो कस्तो प्रपञ्च हो बुझिसक्नु छैन । सिद्धान्त नै नमिल्ने दलबीच गठबन्धन छ । यसले मुलुकको भविष्य कसरी निर्माण गर्छ ।

निर्वाचनमा मत माग्न जाँदा साम्यवादी र लोकतन्त्रवादीको साझा एजेन्डा कसरी बन्ने होला ? विषय गम्भीर बनेको छ । यसले देशको राजनीतिलाई विकृत अवस्थामा पुर्‍याइराखेको छ । २०४८ सालको निर्वाचनमा बहुमतमा रहेको नेकाको सरकार पूरै समय टिक्न सकेन । त्यसपछि मध्यावधि निर्वाचन भयो । मध्यावधि निर्वाचनमा कांग्रेसले बहुमत गुमाउन पुग्यो । राजनीतिक विकृति त्यही बिन्दुबाट प्रारम्भ भएको हो । २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन गरेर चुनाव लडे । स्थानीय चुनावमा आफ्ना सिट सुरक्षित गरेर कांग्रेसलाई धोका दिँदै प्रचण्ड एमालेसँग मिल्न गए । एमाले र माओवादीले संसदीय निर्वाचनमा वामतालमेल र चुनावपछि पार्टी एकता गरे ।

एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्दा जित्न नसकिने अवस्था देखेर नेताहरू गठबन्धनको सहारा लिन पुगेका हुन् । राजनीतिक दलहरूका शीर्ष नेताहरू नै चुनाव हारिन्छ कि भन्ने डरमा छन् । सबैभन्दा सुरक्षित देखिएका प्रधानमन्त्री देउवालाई उनकै समर्थक कर्ण मल्लले चुनौती दिएका छन् ।

चुनावमा दुई तिहाइ बहुमत ल्याए र सरकार पनि बनाए । तर, त्यो बहुमतको सरकार पनि पूरै अवधि टिक्न सकेन । प्रचण्ड र माधव नेकासँग गठबन्धन गर्न पुगे । यो सबै सत्ता स्वार्थको राजनीति हो । यी सबै हर्कतमा देशको भविष्य अन्योलमा छ । समृद्धिको सपना अधुरै छ । यस प्रकारको राजनीतिक संस्कारको विकास भएको छ । यो विकृतिले देश र लोकतन्त्रलाई अघि बढ्न दिँदैन । आज नेताहरू राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा लिने अवस्थामा पुगेका छन् ।

एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्दा जित्न नसकिने अवस्था देखेर प्रचण्ड, माधव, उपेन्द्रलगायत नेताहरू गठबन्धनको सहारा लिन पुगेका हुन । राजनीतिक दलहरूका शीर्ष नेताहरू नै चुनाव हारिन्छ कि भन्ने डरमा छन् । सबैभन्दा सुरक्षित देखिएका प्रधानमन्त्री देउवालाई उनकै समर्थक कर्ण मल्लले चुनौती दिएका छन् । ओली, प्रचण्ड, माधव, झलनाथलगायत शीर्ष नेताहरूको सुरक्षित क्षेत्र देखिँदैन ।
१) सिद्धान्तविनाको राजनीति, २) चरित्रविनाको ज्ञान, ३) काम नगरेर जोडेको धन, ४) नैतिकताविनाको व्यवसाय, ५) त्यागविनाको धर्म, ६) सचेतनाविनाको आनन्द र ७) मानवताविनाको विज्ञान । गान्धीले औंल्याएका यी सात महापाप हुन् तर हामीको कस्तो संस्कारको विकास गरिरहेका छौँ । यो संस्कारले हामीलाई कहाँ पुर्‍याउला बेलैमा सोच्न जरुरी छ । राजनीतिमा सिद्धान्तको उच्च महत्व हुने गर्दछ । तर हाम्रा दलहरू सिद्धान्तविहीन राजनीतिको दौडधुपमा छन् । कसरी हुन्छ सत्तामा जान जो सुकैसँग पनि मिल्ने परिपाटीले हामीलाई कहाँ पु¥याउला ?

२०७२ असोज ३ मा वर्तमान नेपालको संविधान जारी गर्दै हालका मुख्य राजनीतिक दलका नेताहरूले नेपालमा विकास र समृद्धिको स्वर्णयुग सुरु भएको उद्घोष गरेका थिए तर यसबीचमा आमजनसमुदायलाई हाम्रा राजनीतिक दलले निराशाबाहेक केही दिन सकेका छैनन् । आमजनतामा आशाको त्यान्द्रो हराउँदै गएको छ । आमजनतामा छाएको यो निराशा बढ्दै गयो भने यसले भयावह अवस्था निम्त्याउने निश्चितप्रायः छ । सिद्धान्तविनाको राजनीतिलाई महापाप भनिएको छ । नेपालका राजनीतिक दलहरूले सत्ताका लागि मात्रै गरिरहेको गठबन्धन हामी सबै मिलिजुली खाऔँ भन्ने देखाउँछ । सबैमा समयमै चेतना भया ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?