महाभियोग सिफारिस समितिको बैठक बस्दै, आज जबरालाई पूरक प्रश्न सोधिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ । जबरासँग पूरक प्रश्न गर्न आज बिहान ११ बजे बैठक डाकिएको छ । समितिले यसअघि उहाँसँग ४३ वटा प्रश्न सोधिसकेको छ ।

बिहीबार समितिले जबराले आरोप लगाएका कानुन व्यवसायीसँग छलफल गरेर सकेको छ । उक्त छलफलमा जबरामाथि उठेका प्रश्न सोध्न समितिले उहाँलाई पुनः बोलाएको हो ।

बयानका क्रममा जबराले सात जना वकिलको नाम लिनुभएको थियो ।

सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?