-चन्द्रकान्त खनाल
बुटवल । रुपन्देही नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको संयोजनमा तीन दिने फिचर लेखनसम्बन्धी प्रशिक्षण सम्पन्न भयो । रुपन्देही जिल्लामा कार्यरत बिभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई फिचर लेखनसम्बन्धी प्रशिक्षण दिईएको हो ।
बरिष्ठ पत्रकार डा.सुरेश आचार्यले पछिल्लो समय समाचार लेखन र फिचर लेखनका सन्दर्भमा पत्रकारहरूले भोगेका समस्याहरुलाई मध्यनजर राखेर तालिम दिईएको बताउनु भयो । डा. आर्चायले फिचर लेखन गर्दा स्रोतलाई मध्यनजर गर्दै बिषयबस्तुको गहिराईसम्म गएर लेख्नुपर्ने बताउनु भयो ।
प्रशिक्षक रामप्रसाद दाहालले लिङ्ग र लैङ्गिकताको अवधारणा सम्बन्धी पत्रकारहरूलाई प्रशिक्षण दिनु भएको थियो । उहाँले समाचार फिचर लेख्दा लिङ्ग र लैङ्गिकताको अवधारणा वारे जानकारी हुनुपर्ने र त्यस बिषयमा गहिरो अध्यन गरिसमाचार फिचर लेख्नु पर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले फिचर समाचार लेख्न सहज होस् भन्ने उदेश्यले यो तालिम दिईएको बताउनु भयो । पत्रकार महासंघले पत्रकारहरूको क्षमता अभिबृद्धि गर्न बिभिन्न तालिम गोष्ठी संञ्चालन गरेको बताउनु भयो ।
तालिम समापनमा पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे रुपन्देही पत्रकार महासंघका पुर्व अध्यक्ष डा. बालकृष्ण चापागाई उपाध्यक्ष अमृता अनमोल सचिव बिरेन्द्र कुँवरले बोल्दै फिचर लेखन तालिममा सिकेका कुरा ब्यबहारमा लागु गर्नुपर्ने बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका