लोसपा कार्यकारिणी समिति बैठक सुरु

Read Time = 2 mins

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बसिरहेको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको हो ।

आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ ।

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउन आउँदो आइतबार र सोमबार (२ र ३ असोज) दुई दिन समय दिएको छ ।

दलहरुले समानुपातिक तर्फको ११० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाउनुपर्नेछ । जारी बैठकमा बन्द समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ ।

शनिबार (१ असोज) मध्यरातबाट मौजुदा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिन लागेकाले कार्यकालको विषयमा जारी बैठकले समीक्षा गर्नेछ ।

आगामी निर्वाचनको रणनीति तथा अन्य दलसँग गरिने सम्भावित तालमेल वा गठबन्धनका विषयमा पनि जारी बैठकमा छलफल हुन सक्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?