बहुमत दिलाउनेगरी निर्वाचनमा खट्न एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीको निर्देशन

Read Time = 4 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको छ ।

एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाई गरेको हो । शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त बोकेर निर्वाचनमा जान निर्देशन दिनुभएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिनुभएको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहका साथ एमालेलाई बहुमत दिलाउनेगरी निर्वाचनमा खट्न नेताहरुलाई आग्रह गर्नुभएको छ ।
संसदीय दलको बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक भट्टराईले भन्नुभयो – ‘आज हामीले संसदको अन्तिम क्षणमा हाम्रो दलका नेता अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दलको बैठक बसेर हामीले प्रतिनिधि सभाका सांसदहरुलाई यहाँबाट बिदाई गरेका छौँ । पार्टी अध्यक्षले, हामीले सरकारमा बसेका बेलामा गरेका कामहरुको फेहरिस्त बोकेर, त्यसैगरी यो १४ महिनाको अवधिमा गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुलाई लिएर नयाँ घोषणापत्र, नयाँ उम्मेदवारका साथ, नयाँ उत्साहका साथ जनताको बीचमा जान र शानदार तरिकाले नेकपा (एमाले) लाई बहुमत प्राप्त गर्नेगरी चुनाव जिताउनका लागि सबैलाई अनुरोध गरेर आजको बैठक समापन भयो । आज संसदीय दलका नेताले हाम्रा प्रतिनिधि सभाका सबै सांसदहरुलाई बिदाई पनि गर्नुभयो । र उहाँले धन्यवाद दिनुभयो । हामीले संसदमा जे जस्तो भुमिका निर्वाह ग¥यौँ । सत्तामा बस्दा होस् । बाहिर बस्दा होस् । हामीले निर्वाह गरेको भुमिकाका लागि सबैलाई धन्यवाद पनि दिनुभएको छ र तपाईहरु अब दत्तचित्त भएर सन्निकट निर्वाचनमा नेकपा (एमाले) लाई वहुमत दिलाउनका लागि सशक्त भुमिकाका साथ अगाडी बढ्न उहाँले निर्देशन गर्नुभएको छ ।’

अध्यक्ष ओलीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा संसदमा खेलेको भुमिकाप्रति सांसदहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?