नवौं राष्ट्रिय खेलकुदमा गुल्मीबाट सय बढी खेलाडी

Read Time = 3 mins

गुल्मी । गुल्मी जिल्लाबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिमा एक सय बढि खेलाडीले भाग लिने भएका छन् । प्रदेश खेलकुद परिषदले यस जिल्लाका लागि १४३ खेलाडी कोटा छुट्याएको जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख विश्वकर्माका अनुसार लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिमा विभिन्न एघार खेलमा गुल्मी जिल्लाले प्रतिस्पर्धा गर्न पाउने भएको छ । पुरुष १६ र महिला १६ गरी ३२ जना फुटबल खेलाडी, पुरुष १० र महिला १० गरी २० जना कबड्डी खेलाडी, पुरुष ९ जना र महिला ९ जना गरी १८ जना भलिबल खेलाडी, पुरुष ५ जना र महिला २ जना गरी ७ जना ब्याडमिन्टन खेलाडी, पुरुष ६ जना र महिला ६ जना गरी १२ जना एथ्लेटिक्स खेलाडी कोटा रहेको छ ।

पुरुष ८ जना र महिला ६ जना गरी १४ जना तेक्वान्दो खेलाडी, पुरुष ८ जना महिला ४ जना गरी १२ जना कराते खेलाडी, पुरुष ५ जना बक्सिङ्ग खेलाडी कोटा छ । पुरुष १० जना र महिला ९ जना गरी १९ जना आईटिएफ तेक्वान्दो खेलाडी, पुरुष ३ जना टेबलटेनिस खेलाडी र पुरुष १ लनटेनिस खेलाडी कोटा रहेको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।

त्यस्तै, क्रिकेट खेलका लागि यस जिल्लाबाट पुरुष १४ जना सहभागी भइसकेका छन् । झण्डै छ सयभन्दा बढि खेलाडीहरुले जिल्लास्तरीय छनोट प्रतियोगिताको लागि आफ्नो नाम दर्ता गराएका थिए । जिल्लास्तरीय छनोट प्रतियोगिताबाट करिब दुई सय खेलाडी छनोट गरिएको कार्यालय प्रमुख विश्वकर्माले बताउनुभयो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनका लागि बन्द प्रशिक्षणमार्फत कोटा अनुसारका खेलाडी छनोट गरिने उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?