काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाले सामाजिक सञ्जालमा एउटा ट्वीट गर्नु भएको छ ।
उहाँले काठमाडौंका मेयर बालेन्द्र शाहको को नेतृत्वको काठमाडौं महानगरपालिकाले भूमिगत टुकुचा पत्ता लगाए झैँ आजका युवाले अहिलेको क्रान्ति प्रतिक्रान्तिको कारण पत्ता लगाई लोकतन्त्र पुग्ने बाटो फेला पारिदिए जनतालाई राहत हुने व्यङ्य गर्नु भएको छ ।
हिजो महानगरको डोजरले हात्तीसारको जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब भएको थियो । खोलाको बहाव क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको थियो । यसैलाई इंगित गर्दै ढुंगानाले यस्तो ट्वीट गर्नुभएको हो ।
मेयर वालेनको नेतृत्वको काठमाडौं
महानगरपालिकाले भुमिगत टुृकुचा पत्ता
लगाएछ । यस्ेौगरी आजका युवाले
अहिलेको क्रान्ति प्रतिक्रान्ति हुन थालेको
कारण पत्ता लगाइ भ्रष्टाचारमुक्त
लोकतन्त्र पुग्ने बाटो फेला पारिदिए
कति राहत हुन्थ्यो ।
— Daman Nath Dhungana (@daman_nath) September 16, 2022
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका