उपायकोे ढुवानी सेवा इसेवाबाट बुक गर्न सकिने

Read Time = 2 mins

काठमाडौं । उपाय र इसेवाले हालै व्यापारिक सहकार्यका लागि सम्झौता गरेका छन् । जसअनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा इसेवाको एपमार्फत् पनि गर्न सकिनेछ । प्रारम्भिक चरणमा इसेवाले आफ्नो एपमा ‘घर सराइ सेवा’ समावेश गर्नेछ ।

एप प्रयोगकर्ताले एउटा साधारण फारम भरेर सो सेवाका लागि अनुरोध पठाउन सक्ने र आफ्नो रोजाइको सेवा र गाडी पनि छान्न सक्ने कम्पनीले जनाएको छ । एपमार्फत् उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिकअप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उपलब्ध गराउनेछ । उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले भन्नुभयो, ‘यो साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आमउपभोक्ताको आधारभूत आवश्यकता पूरा गर्न मद्दत पुग्नेमा हामी विश्वस्त छौं ।’

इसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले भन्नुभयो, ‘इसेवाले जहिले पनि आमजनतालाई सहज हुने किसिमका सेवा प्रदान गर्दै आएको छ र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवाहरू थप गर्दै जानेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?