टेलिकमद्वारा इ-सिम वितरण सुरु

Read Time = 1 min

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारा काउन्टरबाट निःशुल्क इ-सिम वितरण सुरु गरेको छ । इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल फिजिकल सिम प्रयोग गरिरहेका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिनेछ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ-सिम उपलब्ध गराइनेछ ।

इ-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । जसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ । इ-सिम प्रयोगपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक इ-सिमलाई अन्य डिभाइस तथा स्मार्टवाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?