नबिलको भिसा डाइरेक्ट सेवा

Read Time = 1 min

काठमाडौं । नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । भिसा डाइरेक्ट सेवामार्फत् विदेशमा रहेका जोकोहीले पनि नबिल बैंकको भिसा कार्डबाहक ग्राहकलाई बिनाझन्झट रेमिट्यान्स पठाउन सक्नेछन् ।

भिसा डाइरेक्टमा सहभागी एक सय ८० भन्दा बढी देशबाट नेट-बैंकिङ, मोबाइल वा एटिएममार्फत् १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिनेछ । नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

उक्त सेवा समावेश भएसँगै नबिल भिसाका कार्डवाहकले विश्वका जुनसुकै ठाउँबाट आफ्नो कार्ड/खातामा सहज र सुरक्षितरूपमा रकम प्राप्त गर्न सक्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?