वल्र्डलिंक २८औं वर्षमा

Read Time = 1 min

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक स्थापनाको २७ वर्ष पूरा गरी २८औं वर्षमा प्रवेश गरेको छ । इमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा सुरु गरेको कम्पनीले हाल देशका ७३ वटा जिल्लामा सेवा विस्तार गरी सफलतापूर्वक सञ्चालन गरिरहेको छ भने चालु आर्थिक वर्षभित्र ७७ वटै जिल्लामा सेवा विस्तार गरिने जनाएको छ ।

कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारीसमेत गरेको छ । हालसम्म देशभर सात लाख घरमा इन्टरनेट जडानसहित ३० लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले हाल १४ हजार स्थानमा निःशुल्क सार्वजनिक वाइफाई उपलब्ध गराउँदै आएको छ भने यस वर्षभित्र ३० हजार स्थानमा निःशुल्क सार्वजनिक वाइफाई उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ । कम्पनीका निर्देशक मनोज अग्रवालका अनुसार हाल कम्पनीका देशभरका शाखामा कुल ५५ सयले रोजगारी पाइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?