सुपथ पसलमा सातदेखि १० रुपैयाँसम्म छुट

Read Time = 3 mins

काठमाडौं । सरकारले शनिबारदेखि दशैं, तिहार र छठलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको हो ।

असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा यस वर्ष विभिन्न खाद्यवस्तुमा सात रुपैयाँदेखि १० रुपैयाँसम्म छुट प्रदान गरिने कम्पनीका नायब महाप्रबन्धक मणिराज खनालले हिमालय टाइम्सलाई बताउनुभएको छ । खनालका अनुसार उपत्यकाका चार स्थानसहित ३८ जिल्लाका ४१ बिक्री केन्द्रहरूबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछन् । कम्पनीले उपत्यकाका चार बिक्री केन्द्र थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ भने अनलाइन सेवामार्फत् पनि खरिद गर्न सकिनेछ ।

कम्पनीले शनिबारदेखि उपत्यकाका चार बिक्री केन्द्र थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ भने अनलाइन सेवामार्फत् पनि खरिद गर्न सकिनेछ ।

सुपथ मूल्य पसलमा कालानुनिया चामल (काला नमक), अरुवा बासमती, ब्राउन बासमती, ब्राउन चामल, मार्सी चामल, अरुवा मकवानपुर चामल, अरुवा सोना मनसुली चामल, अरुवा सावाँ चामल, स्टिम जिरा मसिनो चामल बिक्री हुनेछ भने दालमा मुसुरो, मास, रहर, छाँटा र खोस्टे दाल, तेलमा तोरी तेल, सनफ्लावर तेल, भटमास तेल र गेडागुडीमा क्वाँटी र कर्णालीको सिमी रहेका छन् ।

अन्य खाद्यवस्तुमा गहुँ दाना, आँटा, मैदा, चिउरा, नुन र ग्याँस÷ग्याँस सिलिण्डरसहित इन्डक्सन चुल्हो युटिआइएनई २० रहेका छन् । चामलमा प्रतिकेजी सात रुपैयाँ, कर्णालीको सिमीमा प्रतिकेजी १० रुपैयाँ, दालमा प्रतिकेजी सात रुपैयाँ, तेलमा सात रुपैयाँ, गहुँ, पिठो, चिउरामा प्रतिकेजी सात रुपैयाँ र जिउँदो खसीबोका, च्यांग्रामा प्रतिकेजी १० रुपैयाँ छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले हरेक वर्ष दशंैमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । सुपथ मूल्य पसलमा उपभोक्ता सहुलियतका लागि सरकारले कम्पनीलाई आवश्यक बजेट उपलब्ध गराउँदै आएको छ । साथै कम्पनीले यस वर्ष पनि दशैंमा तीन हजार खसीबोका तथा च्यांग्रा बिक्री गर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?