अभिनेत्री नोरासँग दिल्ली प्रहरीको सोधपुछ

Read Time = 2 mins

नयाँदिल्ली । अभिनेत्री ज्याकलिन फर्नान्डेजसँग सम्पत्ति शुद्धीकरण मुद्दामा बुधबार सोधपुछ गरेको दिल्ली प्रहरीले शुक्रबार अर्की अभिनेत्री नोरा फतेहीसँग सोधपुछ गरेको छ । अभिनेत्री फतेहीलाई दिल्ली प्रहरीको आर्थिक अपराध शाखा (इओडब्ल्यु) ले सोधपुछ गरेको हो । फतेही शुक्रबार बिहान करिब ११ बजे इओडब्ल्युको कार्यालय पुग्नुभएको थियो ।

सुकेश चन्द्रशेखर सम्पत्ति शुद्धीकरण मुद्दामा नोरासँग सोधपुछ भइरहेको छ । यस मामिलामा नोरासँग पहिले नै सोधपुछ भइसकेको छ । यो मुद्दा दुई सय करोड भारतीय रुपैयाँको ठगीको रहेको छ ।

सन् १९९२ फेब्रुअरी ६ मा क्यानाडाको टोरन्टोमा जन्मिनुभएकी नोराले बलिउडमा ‘रोअर टाइगर्स अफ सुन्दरवन’ चलचित्रबाट प्रवेश गर्नुभएको हो । नोराले स्ट्रिट डान्सर थ्रिडी, बट्ला हाउस, बाहुबलीः द बिगिनिङ, किक टु, भुजः द प्राइड अफ इण्डियालगायतका हिन्दी चलचित्रमा अभिनय गर्नुभएको छ । नोराले तेलुगु चलचित्रहरूमा पनि अभिनय गर्नुभएको छ । नोरा भारतीय चर्चित टेलिभिजन शो बिगबोस ९ मा प्रतियोगीका रूपमा सहभागी हुनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?