‘लेखकको हृदयबाट पोखिएको समाजको अन्तरमन नै साहित्य सिर्जना हो’

कृष्ण भुसाल
Read Time = 10 mins

स्रष्टा लेखनाथ पोख्रेलले साहित्य सिर्जनामा आफूलाई तल्लीन राख्दै आनुभएको छ । उहाँका हास्य निबन्ध ‘चिबे नकटो’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’ र नियात्रा ‘फकलीको गाउँ’ पाठकमाझ आएका छन् भने ‘बनिता’ उपन्यास पाठकमाझ ल्याउने तयारीमा हुनुहुन्छ । जीवन एउटा निरन्तर यात्रा हो, जसको कुनै गन्तव्य छैन भन्नुहुने उहाँले आफ्ना मनभित्र रहेको उकुसमुकुसलाई ०७२ सालको भूकम्पपछि बाहिर ल्याउन थाल्नुभएको छ । त्यसपछि उहाँका लगातार तीन कृति पाठकमाझ आए । आफ्ना अधिकांश सिर्जनामा आफैंले देखेका र भोगेका कुराहरूलाई नै समेट्ने गरेको बताउनुहुने उहाँ जीवनको उत्पत्तिको आधार नै यौन हो अनि जीवन-दर्शन साहित्यको एउटा पाटो रहेको बताउनुहुन्छ । पाठकले साहित्यमा रस खोजेको हुन्छ र त्यो हामीले दिन सक्नुपर्छ भन्ने मान्यता राख्नुहुने पोख्रेल यौन र हास्यलाई छोड्ने हो भने साहित्य निरस हुने तर यसलाई मर्यादितरूपमा प्रस्तुति गर्नुपर्ने मान्यता राख्नुहुन्छ । लेखकको हृदयबाट पोखिएको समाजको अन्तरमन सिर्जना हो भन्नुहुने स्रष्टा लेखनाथ पोख्रेलसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ  ?
आफ्ना केही नियमित कार्य भइरहेका छन् । एउटा उपन्यास लेखनमा लागेको छु ।

यहाँले छोटो समयमै तीन अलग–अलग विधामा कृति प्रकाशन गर्नुभयो नि ?
हो, रहर लागेको जुनसुकै काम गर्न हतारो नै लाग्नेरहेछ । मलाई पनि त्यस्तै भयो । हास्य निबन्ध ‘चिबे नकटो’, कथासंग्र्रह ‘मार्बल हाउसकी शालिनी’ र नियात्रासंग्र्रह ‘फकलीको गाउँ’ पाठकमाझ आए ।

साहित्यमा तपाईंको बढी रुचिको विषय के हो  ?
साहित्यका विविध क्षेत्रमा लेखन र अध्ययन भए पनि मेरो रुचिमा भने उपन्यास पर्दछ ।

यहाँ लामो समय इन्जिनियरिङ पेशामा संलग्न रहेर देशको सेवा गर्नुभयो, पछिल्लो समय साहित्यतर्फ आकर्षित हुनुभएको छ र कृति प्रकाशन भइरहेका छन् । जीवन के रहेछ यहाँको बुझाइमा ?
मलाई के लाग्छ भने जीवन एउटा निरन्तर यात्रा हो, जसको कुनै गन्तव्य छैन ।

लेखनाथ पोख्रेल को हो ?
यति कुरा थाहा पाउन सकेको भए जीवन धन्य बन्ने थियो । जीवन-यात्रालाई गन्तव्यविहीन भन्ने दुष्साहस गर्ने थिइनँ होला ।

यहाँलाई साहित्यतर्फको लगाव कसरी भयो ?
साहित्यप्रतिको मेरो लगावको क्षणको कुरा गर्दा म २०७२ साल वैशाख १२ गतेको भूकम्पमा पुगेर अडिन्छु । त्यो भूकम्पले मरिने रहेछ क्यारे ! भन्ने एउटा कम्पन पैदा गरायो । त्यसपछि लाग्न थाल्यो जीवनभरका मेरा अनुभव र अनुभूति त अरू कसैले थाहै नपाई मेरो अर्थीसँगै आर्यघाटमा पो पुग्ने रहेछन् । त्यसपछि केही लेखौंजस्तो लाग्न थालेको हो ।

जीवनको उत्पत्तिको आधार नै यौन हो । अनि जीवन-दर्शनको एउटा पाटो हो साहित्य । प्रत्येक पाठकले रस खोजेको हुन्छ साहित्यभित्र । यौन र हास्यलाई छोड्ने हो भने साहित्य निरस हुन्छ । तर, यौनको प्रस्तुति मर्यादित हुनुपर्छ ।

तपाईं कसका लागि लेख्नुहुन्छ  ?
आफ्नै आत्मसन्तुष्टिका लागि ।

तपाईंको लेख्ने आधार के हो ?
आफैंले देखे-भोगेको मेरो अतित र वर्तमान नै हो ।

एकथरि मानिस साहित्यमा यौन चाहिन्छ भन्छन्, अर्काथरि यौन वर्जित छ भन्छन् । यहाँको विचारमा ?
जीवनको उत्पत्तिको आधार नै यौन हो । अनि जीवन-दर्शनको एउटा पाटो हो साहित्य । प्रत्येक पाठकले रस खोजेको हुन्छ साहित्यभित्र । यौन र हास्यलाई छोड्ने हो भने साहित्य निरस हुन्छ । तर, यौनको प्रस्तुति मर्यादित हुनुपर्छ ।

तपाईंले आफूले भोगेको र देखेको संसारलाई आफ्ना सिर्जनामा कत्तिको समेट्नुभएको छ ?
जे-जति सिर्जना गरेको छु अधिकांश मैले देखेका र भोगेका कुराहरूलाई नै समेट्ने गरेको छु ।

सामाजिक यथार्थलाई आफ्ना रचनामा कत्तिको ठाउँ दिनुहुन्छ ?
आफ्ना प्रस्तुतिमा सकेसम्म सामाजिक यथार्थलाई पस्किने मैले सक्दो प्रयास गरेको हुन्छु ।

साहित्य सिर्जनामा वैचारिक महत्व कत्तिको देख्नुहुन्छ ?
मलाई के लाग्छ भने विचार नै नभए साहित्य सिर्जना हुनै सक्दैन ।

लेख्नलाई कहाँबाट ऊर्जा लिनुहुन्छ ?
योग र ध्यानबाट ।

तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान/अनाख्यान कृतिहरूमध्ये कस-कसका कुन-कुन कृतिहरू कुन हदसम्म मन पर्छन् ?
साँच्चिकै भन्नुपर्दा मैले नेपालीमा धेरै कम उपन्यास पढेको छु । हालसाल पढेका केही उपन्यासमध्ये राजन मुकारुङको ‘दमिनी भिर’ को प्रस्तुति मलाई मन परेको छ ।

कस्ता खालका किताब बढी पढ्नुहुन्छ ?
सबैखाले किताब पढ्दछु तर विशेष चाख लाग्ने चाहिँ योग र ध्यानसम्बन्धी किताब नै हुन्छन् ।

आफूले पढेकामध्ये उत्कृष्ट लागेका किताब ?
मुनामदन, बोल्गा से गंगा तक, The Tree of man, The Day of the Jackal

परिवारबाट तपाईंको लेखाइमा कत्तिको सपोर्ट मिलेको छ  ?
लेखनदेखि प्रकाशनसम्म नै अतुलनीय सपोर्ट पाएको छु मैले परिवारबाट । व्यवस्थापन होस् कि आर्थिक पक्ष, मैले कुनै कुराको चिन्ता लिनुपर्दैन । परिवारबाट यति धेरै सपोर्ट होला भन्ने कुराको त मैले कल्पनासम्म पनि गरेको थिइनँ ।

आफूले अहिले बिताएको यो जीवनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
हिजो जे बित्यो, बित्यो सकियो । भोलि कस्तो दिन आउँछ भन्ने पनि थाहा छैन । अनि म किन आफ्नो आज बिगारौं ? यस्तैखाले सोच लिएर आजको दिन बाँच्ने प्रयासमा जुट्ने मानिस भएकाले म आफूलाई भाग्यमानी र सन्तुष्ट ठान्दछु ।

मूल्यांकनको आधार यदि द्रव्य हो भने, असफलमध्येकोे एक व्यक्ति हुँ म । जीवन जिउने कुरालाई लिने हो भने सफलमध्येको एक हुँ । असल र खराबको कुरा गर्ने हो भने मानिस, मानिसमात्र हो । न त्यो खराब हुन्छ न असल नै । यो कुरा हेर्ने मानिसको दृष्टिकोणमा निर्भर हुन्छ ।

यहाँको अब पाठकमाझ नयाँ के आउँदै छ ?
‘बनिता’ नामको एउटा सामाजिक उपन्यासको अन्तिम तयारीमा लागेको छु ।

स्वमूल्यांकनका आधारमा तपाईं सफल कि असल मानिस ? आफ्नो प्रतिबिम्बन आफैंले गर्नुहोस् न ?
मूल्यांकनको आधार यदि द्रव्य हो भने, असफलमध्येकोे एक व्यक्ति हुँ म । जीवन जिउने कुरालाई लिने हो भने सफलमध्येको एक हुँ । असल र खराबको कुरा गर्ने हो भने मानिस, मानिसमात्र हो । न त्यो खराब हुन्छ न असल नै । यो कुरा हेर्ने मानिसको दृष्टिकोणमा निर्भर हुन्छ ।

लेखनमा आउन लागेका नयाँ लेखकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?
बाबुआमाको अर्ति-उपदेश म आफैंले त सुनिनँ, अनि मेरो कुरा कसले सुन्छ र भन्नु

अन्त्यमा, सिर्जना या कृति के हो ?
लेखकको हृदयबाट पोखिएको समाजको अन्तरमन ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
पर्बत कुमार श्रेष्ठ
पर्बत कुमार श्रेष्ठ
2022-09-17 7:39 pm

किताब पढे जत्तिकेेै सरस र सललल वाह ! क्या स्वादिलो

रिलेटेड न्युज

छुटाउनुभयो कि ?