मुगु । नेपालको सबैभन्दा ठूलो ताल मुगुको रारा ताल जोड्ने ताल्चा सल्लेरी सडक खण्डमा मेसेनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि माटो मात्र प्रयोग गरेको पाइएको छ । ताल्च जिरो प्वाइन्टदेखि सल्लेरीसम्मको करिब चार किलोमिटर सडकखण्डमा बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको हो । मुगुको रारा जोड्ने ताल्चा सल्लेरी सडक खण्डमा मेसेनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि बालुवाको नाममा माटो मात्र प्रयोग गरेको पाइएको छ ।
सडकको स्वरूप हेर्दा ग्राभेल भएको जस्तो छैन र पहिरो रोक्न वाल निर्माणमा गुणस्तरहीन काम भएको पाइएको छ । मेसेनरी वाल निर्माणमा बालुवा, सिमेन्ट र ढुंगाको समिश्रण हाल्नुपर्ने भए पनि बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको छायानाथ रारा नगरपालिका–८ का स्थानीय हरिकृष्ण विष्टले बताउनुभयो ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा जाने यो सडकमा सिमेन्टमा बालुवा मिसाएर प्रयोग गर्नुको साटो माटो प्रयोग गरेर गुणस्तरहीन वाल बनाइँदै गरिएको छ । यस सडकमा काम गरिरहेका कामदारले पनि बालुवाको नाममा माटो प्रयोग गर्ने गरेका र ठेकेदारले जे काम गर्न आदेश दिन्छ त्यसैअनुरूप काम गर्ने गरेको कामदारहरूले बताएका छन् ।
सडक डिभिजन कार्यलय जुम्लाअन्तर्गत दुई करोड ३८ लाख लागतमा नाङजिल एण्ड आकांक्षा मजदुर जेवीले सडकको वाल निर्माण तथा ग्राभेल गर्ने कामको जिम्मा पाएको हो । सडक निमार्णको काममा ग्राभेल राम्रै भए पनि वाल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको छायांनाथ रारा नगरपालिका-८ का वडा अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो ।
यस सडकको लम्बाइ चार किलोमिटर ४६० मिटर छ । सडकको अधिकांश मेसेनरीवाल निर्माणमा टालटुल गरेको पाइन्छ । कामको जिम्मा पाएको ठेकेदार कम्पनीले कामदारहरूलाई पेटीमा काम गर्न लगाउने र घनमिटरका आधारमा प्रतिघनमिटर एक हजारका दरले भुत्तानी गर्ने गरेको खुलेको छ ।
ठेकेदार कम्पनीको लापरबाहीले बालुवाको साटो माटो प्रयोग गरेर गैरजिम्मेवार रूपमा काम गरिएको कर्णजंग शाहीले जानकारी दिनुभयो । दीर्घकालीन सोचसहित गुणस्तरीय काम हुन नसके यहाँका सडक कसैका लागि कमाइ खाने भाँडो मात्र बनेको प्रष्ट बुझ्न सकिन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको