अपयशको भागी नबन

डा. गणेशप्रसाद घिमिरे
Read Time = 15 mins

इतिहास अध्ययनको विषय हो । इतिहासबाट ज्ञान लिन सकिन्छ । इतिहास दोहोर्‍याउने प्रयास कसैका लागि पनि उपयोगी मानिँदैन । इतिहास सत्य हो । इतिहासमा घटेका वा घटित भएका घटनाले समाज, राष्ट्र, परिवार, राजनीति गतिशील बन्न सक्दैन । इतिहासबाट शिक्षा लिन सकिन्छ तर इतिहासलाई र इतिहासका पानामा रहेका घटटनालाई दोहोराएर ऐतिहासिक सन्दर्भलाई जीवन्त बनाउन सकिँदैन । त्यसैले इतिहासका घटना र विवरण इतिहासका पानामा नै सीमित रहनुु औचित्यपूर्ण मानिएको पाइन्छ ।

महाभारत त्यही इतिहास हो धार्मिक मान्यताको । राज्य र सम्पत्तिका लागि भएको झगडाको कारण हो । आपसमा लडेर युुग नै परिवर्तन गर्ने मान्यताको छवि होे । भाइभाइका बीचमा देखिएको अस्वस्थताको परिचय हो । मानवीय सभ्यतामा जीवन उत्सर्ग गर्ने सहयोगी र असहयोगी भावनाले भरिएको बृहद्काय ग्रन्थ हो । सगुुण ब्रहृम कृष्णले गरेका लीलाहरूको छवि हो । इतिहासमा जीवन्त बनेका र सत्कर्मबाट संसारमा शासन गर्न सकिन्छ भन्ने आदर्शको प्रतिबिम्ब हो । असत्कर्मले जीवनमा सही बाटो निर्देशन गर्न सक्दैन गलत कर्मको फल गलत हुुन्छ भन्ने आदर्शको स्थापित मान्यता हो । यही मान्यतामा चलेको जीवन्त प्रस्तुुति हो महाभारतको कथा, गाथा वा इतिवृत्त । मानिसका स्वभाव र ती स्वभावले दिने मान्यतालाई जीवन्त बनाएको छ महाभारतको कथाले ।

महाभारतको युुद्ध आरम्भ नहुुँदै जुवामा हारेका पाण्डवलाई चौध वर्ष वनवास र एक वर्ष गुुप्तवासको आज्ञा हस्तिनापुरका राज्यप्रमुुख धृतराष्ट्रले दिएका छन् । समयको फेरसँगै उनीहरू वनवासमा गएका छन् । वनवासको कठिन क्षण र वनवासमा आइपर्ने समस्याको समाधान उनीहरूसित विद्यमान रहेको छ ।

व्यासका आगमन :
महाभारतको युुद्ध आरम्भ नहुुँदै जुवामा हारेका पाण्डवलाई चौध वर्ष वनवास र एक वर्ष गुुप्तवासको आज्ञा हस्तिनापुरका राज्यप्रमुुख धृतराष्ट्रले दिएका छन् । समय बलवान् छ । समयको फेरसँगै उनीहरू वनवासमा गएका छन् । वनवासको कठिन क्षण र वनवासमा आइपर्ने समस्याको समाधान उनीहरूसित विद्यमान रहेको छ । यही आधारमा उनीहरूको जीवनका हरेक क्षण वा पलहरू व्यतीत भएका छन् ।

मनमा बदलाको भावना, हातहतियार सङ्कलन, गुुप्तवासमा अपनाउनुुपर्ने आधार ती आधारमा देखापरेको मान्यताले उनीहरूको जीवनका हरेक पललाई गतिशील तुुल्याएको छ । वनमा भौँतारिएका, जीवनको खोजमा समर्पित भएका, खारिएर, माझिएर अघि बढेका पाण्डवहरूको दशालाई र हस्तिनापुरका प्रधानले गरेको गल्तीलाई बुुझेर व्यास हस्तिनापुर आएका छन् । व्यास धृतराष्ट्रलाई सम्बोधन गरेर भन्छन् :
धृतराष्ट्र महाप्राज्ञ निबोध वचनं मम
वक्ष्यामी त्वां कौरवाणां सर्वेषां हितमुुत्तमम् ।
उनी तत्त्वद्रष्टा ऋषि हुन् । उनीभित्र स्वार्थको जालो छैन । उनी ममता, स्नेह र लोभभन्दा पर छन् । त्यसैले उनले आफ्नै व्यक्तिगतभन्दा हस्तिनापुरको भलो हुने कुरा म भन्छुु भनेका हुन् । धृतराष्टलाई उनले महाप्राज्ञ भनेर सम्बोधन गरे । तिमी हस्तिनापुरका प्रधान हौ । तिमी ज्ञानी छौ । तिमी युुद्धको कारण बन्नुु हुुँदैन । त्यसैले सम्बोधन महाप्राज्ञ आएको हुुन सक्छ । भविष्यद्रष्टा ऋषि व्यासले यो कुरा उल्लेख गरेर धृतराष्ट्रलाई सम्झाए । उनले भने तिमीले पाण्डवमाथि अत्याचार गरेका छौ । यदि यो कुरालाई सच्याउन सकेनौँ भने पाण्डवहरूले हस्तिनापुरमाथि आक्रमण गर्नेछन् भन्ने सन्दर्भलाई लिएर उनी भन्छन् :
ते स्मरन्तः परिक्लेशान् वर्षे पूूर्णे त्रयोदशे
विमोक्ष्यन्ति विषं क्रुुद्धाः कौरवेयेषुु भारत ।
वनवासको समय पूूर्ण भएपछि उनीहरू विभिन्न घातक हातहतियारबाट हस्तिनापुरमाथि प्रहार गर्नेछन् । तिमी यसमा सचेत बन । यदि सचेत भएनौ भने तिम्रा सबै कुराहरू र तिमीले गर्ने राज्यको समाप्ति हुनेछ । तिमी सक्षम छौ । तिमी असल छौ । ज्ञानको अथाह स्रोत भएकाले तिमी महाप्राज्ञ हौ । तिम्रो व्यवहार कुशलता र त्यसले प्रवाह गर्ने भावले तिमीलाई हस्तिनापुरवासीले मानेका छन् । यस्तो अवस्थामा तिम्रो भाव र चेतनाले नगर्ने कर्मप्रति किन सचेत भएनौ । यी व्यासका वचनमा देखिएको भविष्यको झाँकी पक्कै पनि राम्रो छैन । हस्तिनापुरले पाण्डवको वनवासलाई सच्याउने प्रयास गरेन भने तिम्रो अस्तित्व नै समाप्त हुनेछ भन्ने सन्दर्भलाई व्यासले उल्लेख गरेका छन् ।

दुुर्योधनप्रति रोष :
हस्तिनापुरका प्रधान सेवकलाई आफ्ना कुरा भनेपछि जसका कारणबाट यी घटना घटित भएका हुन् त्यसप्रति उनको रोष देखिएको छ । धृतराष्ट्रले पुुत्रमोहमा परेर यस किसिमका निर्णय गरेका हुन् भन्ने भावलाई बताएपछि व्यास दुुर्योधनप्रति पूूर्णरूपमा असन्तोषी बनेर आएका छन् ।
तदयं किं नु पापात्मा तव पुुत्र सुुमन्दधीः
पाण्डवान् नित्यसंक्रुद्धो राज्यहेतोर्जिघांसति ।
पाण्डवले गर्ने शक्ति सञ्चयबाट प्राप्त हुने बल र क्षमताले हस्तिनापुरमा आक्रमण गर्नेछन् भन्ने जानेर पनि तिम्रो पुुत्र दुुर्योधन किन यसो गरिरहेको छ भन्ने सन्दर्भलाई उनले उल्लेख गरेका छन् । दुुर्योधनका कारण यो अवस्था आएको हो भन्ने जानेर नै उनले पापात्मा र मूर्ख शब्दले सम्बोधन गरेका छन् ।

मानिस विवेकले पूर्ण हुन्छ । ऊभित्रको विवेक समाप्त भयो भने उसका सबै क्रियाहरू परिवार, समाज र राष्ट्रका विरुद्धमा जाने गरेका हुुन्छन् । यही अवस्थाको चित्रण उनको देखिएको छ । पुुत्रमोहमा परेका धृतराष्ट्र र आफ्नो मर्यादा पालन नगर्ने दुुर्योधनका कारण यो अवस्था सिर्जना भएको तथ्यलाई सबैले बुुझेका छन् । यही बुुझाइमा परेका छन् व्यास । त्यसैले उनको दुुर्योधनप्रतिको शब्दचयनमा रोष देखिएको छ । पारिवारिक झगडाको मूल कारण दुुर्योधन भएकाले उसप्रतिको आक्रोश व्यासमा उल्लेख्य बनेर आएको छ । तिमी यो मूूर्ख छोराले गरेका कामलाई रोक भन्दै व्यास भन्छन् :
वार्यतां साध्वयं मूूढः शमं गच्छतुु ते सुुतः
वनस्थांस्तानयं हन्तुुमिच्छन् प्राणान् विमोक्ष्यति ।
तिमी यो मूर्खलाई रोक । तिम्रो छोरो शान्त होस् । यदि यसले वनवासी पाण्डवलाई मार्ने इच्छा प्रकट गरेमा स्वयं समाप्त हुनेछ । यो व्यासको उक्तिले दुर्योधनको कदमलाई यदि धृतराष्ट्रले रोक्न सकेनन् भने युुद्ध हुने कुराको सङ्केत हो । व्यासको धृतराष्ट्र वा दुुर्योधनप्रतिको रोष होइन । यो त अब हुने युुद्धले निम्त्याउने अवस्थाको चिन्ता हो । यही चिन्ताले सताएको छ उनलाई । उनी शान्ति चाहन्छन् । हस्तिनापुर फुलेको, फलेको, विकसित भएको र समृद्धशाली बनेको हेर्न चाहन्छन् । तर, दुुर्याधनका कर्मले निम्त्याएको यो अवस्थाप्रति उनको असन्तोष चुुलिएर आएको छ । त्यसैले उनको आक्रोश हस्तिनापुरलाई गति दिन नसक्ने दुुर्योधनप्रति हो ।

धृतराष्ट्रप्रति सद्भाव :
यथा हि विदुरः प्राज्ञो यथा भीष्मो यथा वयम्
यथा कृपश्च द्रोणश्च यथा साधुुर्भवानपि ।
विदुुर, भीष्म, म, कृपाचार्य तथा द्रोणचार्य जस्ता ज्ञानी छन् त्यस्तै तिमी पनि छौ । पुुत्रमोहमा परेर जसले महाभारतको युुद्धलाई निम्तो दियो त्यसलाई व्यास ज्ञानीको उपाधिबाट सम्मान गर्दछन् । अझ पनि केही बिग्रेको छैन । तिमीमा ज्ञान छ । तिमीले पाण्डवलाई वनवासबाट फिर्ता बोलाएर हस्तिनापुरको भलाई गर्न सक्छौ । यही सन्दर्भ हुुन सक्छ व्यासको र उनका वचनको पनि ।

आज संसार समुुन्नतशाली छ । मानिस विज्ञानले सजिएको छ । आजको मानिस ज्ञानभन्दा विज्ञानमा विश्वास लिएर बाँचेको छ । ज्ञानले मानिसलाई जुन आधारमा माथि लैजान्छ विज्ञानबाट त्यो सम्भव छैन भन्ने आधारलाई आजको मानिसले बिर्सेको छ ।

महाभारतका यी ऋषिवर व्यासले सदा हस्तिनापुरको भलो चाहे । हस्तिनापुरको उन्नति रोजे । त्यसैले उनले जुुन कुरा सदाशयतापूूर्वक धृतराष्ट्रलाई सम्बोधन गरेर भने त्यो पक्कै पनि सदासय पूूर्ण अवस्था हो । उनको जीवनका हरेकपल हस्तिनापुरको विकासका लागि बने । तर, उनको ऋषिवाणी चतुुर तरिकाले आएको देखियो । पुुत्रमोहले अन्धो बनेका धृतराष्ट्रलाई महाप्राज्ञ भनेर सम्बोधन गरे । आफूूसरह बुुद्धि र विवेकले खारिएको माने । यो हस्तिनापुुरप्रतिको उनको भलो चिताउने आधार थियो । यो आधारलाई उनले जुन तरिकाले बाहिर ल्याए त्यसमा उनको हस्तिनापुरका प्रधान सेवकप्रतिको विश्वासको आधार थियो । तर, उनको विश्वास र श्रद्धालाई हस्तिनापुरका प्रधान सेवकले कहिले पनि मनन गरेनन् । ऋषिवाणीलाई मनन नगरेबापत उनले महाभारतको युुद्धका साथै आफ्ना र आफन्तको सर्वनास व्यहोर्नुु पर्‍यो ।

आजको व्यवस्था :
आज संसार समुुन्नतशाली छ । मानिस विज्ञानले सजिएको छ । आजको मानिस ज्ञानभन्दा विज्ञानमा विश्वास लिएर बाँचेको छ । ज्ञानले मानिसलाई जुन आधारमा माथि लैजान्छ विज्ञानबाट त्यो सम्भव छैन भन्ने आधारलाई आजको मानिसले बिर्सेको छ । जीवनका हरेक मोडमा विज्ञानको भर परेर बस्ने मानिस आजको युुगद्रष्टा पनि हो । युुगीन परिवर्तन र उसले दिएका चेतनाले आजको विश्व समुुन्नत बनेको छ । बालबालिका प्रविधिले सम्पन्न बनेका छन् । मानिसका हरेक कर्म जीवनको समुन्नतिका लागि समर्पित बनेका छन् । विश्वको राजनीतिमा देखिएका हरेक आधार शक्तिसम्पन्न मुुलुुकका हातमा देखिएका छन् । साना राष्ट्रहरू ठूला राष्ट्रको राजनीतिक अखाडा बनेका छन् ।

आजको शासक पनि धृतराष्ट्र जस्तो बनेको छ । उसका हरेक कर्म व्यक्तिगत स्वार्थले भरिएका छन् । देश, जनता राष्ट्रभन्दा पनि उसको आफ्नो दुुनो सोझो गर्ने परम्पराले गाँजिएका छन् । आफूले गरेको राजनीतिबाट पुुस्तौँपुुस्ताका लागि जोहो गर्ने मान्यतामा तरङ्गित बनेको छ । भ्रष्टाचार, घुुसखोरी र नाफाखोरीले मौलाएको संस्कृतिलाई बचाउन कसैले सकेको छैन । राजनीति गर्ने नेताहरूको भावनामा सदा मानिस कमजोर बन्दैगएको छ । यही भावनाले देशको स्वाभिमान खस्कँदो अवस्थामा पुुगको छ ।

आज नेपालका शासक धृतराष्ट्र बनेका छन् । काम गर्ने साहस र जिम्मेवारी उनीहरूमा छैन । स्वार्थले प्रेरित राजनीतिले देशको भलो गर्दैन भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । निःस्वार्थ भावनाले भरिएको राजनीति आजको आवश्यकता हो । धृतराष्ट्र र दुुर्योधनको चरित्रलाई समाप्त पार्नु नैतिक मान्यता बनेको छ हाम्रा लागि । यो बल र टमान्यता नेपाली जनटताले आउँदो मङ्सिर चारमा देखाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?