✍️ अच्युत दाहाल
झ्यालबाट पसेको जूनको टहटह किरणको कोठामा लुकामारी खेलिरहेको थियो । किरण झ्यालबाहिर आँखाले क्षितिजको गहिराइ नापिरहेको छ । कति शान्त छ यो रात ¤ कति रहरलाग्दो आमाले खोकेको सुनेर किरण झस्कियो । सपनाको दुनियाँबाट बाहिर निस्कियो ऊ । आमाको खोकी थामिनेसाथ फेरि सुनसान भयो वातावरण ।
भविष्यको राम्रो योजनासहित सहज-सरल पाराले चलेको किरणहरूको परिवारमा कहिल्यै अशान्ति थिएन । मानौँ सधैँ खुशीहरूले उनीहरूको परिवारलाई साथ दिएका थिए । किरणका बाबु गरिब र सामान्य किसान थिए । बाबुले हलो-जुवा बनाउनको साथै डोको-मान्द्रो आदि पनि बुनेर बजारमा बेच्ने गर्थे । खेतीको समयमा धान, पाटा खेती गरेर आफ्नो परिवारका लागि दुई छाक अन्न जुटाउँथे ।
तर, मानिसका दिन सधैँ राम्रा जाँदैनन् । कसका आँखा लागे कुन्नि उनीहरूको परिवारको त्यो खुशी धेरै दिन रहेन । नदी किनारमा रहेका खेत जम्मै बाढीले लग्यो । बालुवाको रासले धान पाटा सबै नाश गर्यो । माटो एक चपरी पनि रहेन । यो पीडा खप्न नसकेर उनलाई रक्तचाप बढ्यो र एकदिन उनी माटोमा ढले । त्यसपछि उनलाई पक्षघातको रोग लाग्यो, हात-गोडा चल्न छाडे । उनी विस्तरा लागे ।
अब घरमा छाक टार्न गाह्रो पर्यो । किरण स्कुल छोड्न बाध्य भए । बहिनी जाँदैछ । आमा अरूको घरमा ढिकी-जाँतो गरेर जसैतसै परिवार चलाउन थालिन् । किरणले कामको खोजी नगरेको होइन तर डिग्री पढ्नेलाई के काम दिनु भनेर फर्काइदिन्छन् । भोलिको सुनौलो सपना देखेर जीवन व्यतीत गर्ने किरण आज आफ्नो वर्तमानमा चलिरहेको जीवन देखेर अलमल्ल पर्यो । बाबा बिरामी हुने अघिसम्म आफ्नो पढाइको साथै आफ्नी प्यारी आशाको कल्पनामा पौडिरहने किरण आज समस्याको भवसागरमा छट्पटाइरहेको छ ।
साथीहरू बिदा भएपछि ऊ एक्लो भयो । ऊ दिन र रात दुईपटक ड्युटी गर्न थाल्यो । एकदिन ऊ कोठामा सुतिरहेको बेला कम्पनीबाट एउटा फोन आयो, ‘देशभरि लकडाउन हुन्छ, अब काम बन्द हुन्छ, तिम्रो हिसाबकिताब गर्नु ।’ किरण छक्क पर्यो ।
‘किरण, ए किरण !’ आमाले उसलाई भात खान बोलाएपछि सोचमा डुबिरहेको किरण भान्साकोठातिर लाग्यो । ‘छोरा, बाबाको औषधि पनि सकिन थाल्यो अब के गर्ने ? हातमा एउटा फुटेको कौडी छैन ।’ आमाको कुरा सुनेर गहभरि आँसु पार्दै किरण चुठ्न निस्कियो । ‘आमा, अब यसरी चल्दैन, म काठमाडौं जान्छु, उतै केही काम पाइएला । दुई पैसा कमाउन सके बाबाको उपचार पनि हुन्छ घरको अनिकाल टर्छ ।’
किरणका कुरा सुनेर आमाले झन् भक्कानिँदै छोरालाई भनिन्, ‘बाबु, तँ सानै छस्, त्यति टाढा कसरी जान्छस् ?’ ‘आमा चिन्ता नलिनु, गाउँका दाइहरू हुनुहुन्छ र मैले सबै कुरा मिलाएँ । मलाई जान दिनुहोस्’ उसले आमालाई बिन्ती ग¥यो । आशा बिहानै कलेजको गेटमा पर्खिरहेकी थिई । किरण आशालाई देखेर उसका छेउमा पुग्यो । ‘जाने नै भयौ नि ! मलाई छोडेर ?’ ‘के गर्छौ, म बाध्य छु । घरको हालत त थाहै छ तिमीलाई । धेरै पीर नमान ल ।’
‘हुन्छ’ भन्दै आशाले आँखाबाट तपक्क आँसु झारी र ‘यी तिमीले भनेको पैसा र टिकट’ भन्दै किरणका हातमा थमाइदिई । ‘आशा ¤ काम पाएका अलिक दिनमै म तिम्रो पैसा फर्काइ दिन्छु, धेरै ठूलो गुन लगायौ तिमीले, जीवनभर आभारी रहनेछु’ भन्दै उसले आशाका हात समायो । ‘के भनेको यो ? धेरै माया गर्छु तिमीलाई । चाँढै आउनु है । धेरै चिन्ता नमान्नु, म छु यहाँ ।’ आशाको कुराले मनमा अलिकति आँट लिएर किरण बेलुकाको गाडीमा काठमाडौंतिर लाग्यो ।
दिनहरू फेरिँदै गए । किरणले धेरै मिहिनेत गरेर केही पैसा कमायो । ऊ बाबुको उपचारका लागि र अलिकटित घरखर्च पठाउन सक्ने भयो । घरको अवस्था विस्तारै राम्रो हुँदै आयो । ‘किरण ! देशमा एक खालको बिराम आइरहेको छ अरे । कोरोना भन्ने खोइ छुँदा मरिन्छ अरे । सुनिस् ? हामी त घर जान्छौँ, यहाँ नबस्ने हो । यतै मरियो भने घरकाले लाससमेत लान सक्तैनन्’ भन्दै उसको साथी दिगन्तले घर फर्किन पोको कस्न लाग्यो । किरणले सुनेको त हो तर ऊ घर जान सक्तैन । त्यसेले ‘म जान्न तिमीहरू जाओ’ भन्दै साथीहरूलाई बिदा गर्यो ।
साथीहरू बिदा भएपछि ऊ एक्लो भयो । ऊ दिन र रात दुईपटक ड्युटी गर्न थाल्यो । एकदिन ऊ कोठामा सुतिरहेको बेला कम्पनीबाट एउटा फोन आयो, ‘देशभरि लकडाउन हुन्छ, अब काम बन्द हुन्छ, तिम्रो हिसाबकिताब गर्नु ।’ किरण छक्क पर्यो । ‘के हो यस्तो काम बन्द ¤ के गर्नु मैले अब ¤ घरमा पैसा कसरी पठाउनु ?’ उसले मनमा धेरै कुरा खेलायो । हेर्दाहेर्दै गाडी, अफिस, मन्दिर, स्कुल सब बन्द भए । किरणको घाँटी सुकेर आयो । चिन्ताले के गर्नु के नगर्नु भएर ऊ अन्योलमा पर्यो ।
घरबाट फोन आउँछ । ऊ आत्तिन्छ । फोन बजिरहेको छ रिसिभ गरौँ नगरौँ गर्दै उसले फोन रिसिभ ग¥यो ।
‘हल्लो’
‘हल्लो दादा ! के छ खबर ?’ बहिनीको स्वर रहेछ ।
‘राम्रो छ । घरमा कस्तो छ ?’
‘ठिकै छ घरमा, दादा ! यहाँ सब बन्द छ, कतै निस्कन सकिँदैन । तेरो त्यहाँको पनि न्यूजमा के के देखाउँछ । तँ घर आइज’ भन्दै बहिनीले उसलाई घर बोलाई । ‘मेरो पिर नमान, म ठीक छु । घरको ख्याल राख् है’ भन्दै किरणले फोन काट्यो । किरणका परेली आँसुले लपक्क भिजे । यतिका दिन भयो केही खोलेको छैन । किरणको भान्साघर रित्तिन थाल्यो । यस्तै हो भने खाननपाई मरिन्छ भन्ने किरणलाई आभास भइसक्यो । अब के गरोस् ? घर जाने साधन छैन हिँडेर जाने आँट छैन ।
पाँच बजे बिहानी फोनको घण्टीले किरणको आँखा खोल्यो । घरबाट आएको रहेछ । उसले कल ब्रेक ग¥यो । बहिनीले रिसिभ गरेर एकहोरो रोइरहेकी छ । केही बोल्दिन । ‘के भयो, किन रोएकी ? मेरो मन आत्तिइसक्यो । भन न के भयो ?’ किरणले एकै सासमा सोध्यो । ‘बाबा केही बोल्नुहुन्न, हलचल पनि छैन, आमा रोइराख्नु भएको छ । के भयो बाबालाई दादा ? गाउँ-घरका पनि कोही छैनन्, आमा र मैले के गर्नु ? तँ आइज न दादा’ भन्दै उसकी बहिनी डाको छोडेर रुन थाली ।
किरणलाई बाबाको सास छुट्यो भन्ने थाहा भयो । ऊ बाबुलाई सम्झेर एकोहोरो रुन थाल्यो । कोठाको ढोका झ्यालबाहेक कसैले उसको विलाप सुनेनन् । आशाको फोन आयो । ऊ केही बोल्न सकेन । आशा पनि के भनोस् ? परिस्थितिले विवश बनायो हरेक जीवन । एक-दुईजना जसैतसै गरेर भेला भएर किरणको बाबुको सद्गति गर्न ठीक गरे । सबैको एउटै कुरा मुखाग्नि कसले दिन्छ ? विचरा किरण !
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका