टुँडालमा शृंगारिक कला(फोटोफिचर)

काठमाडौं । नेपाललाई मन्दिरै मन्दिरको शहर भनेर पनि चिनिने गरिन्छ । अनि यी मन्दिरहरूमा रहेका कलात्मक झ्याल/ढोकाका बुट्टाले नेपाली त्यसभित्र पनि नेवारी कला/कौशलतालाई झल्काएको पाइन्छ। विभिन्न देवी/देवता तथा विभिन्न चित्र अंकित बुट्टेदार झ्याल र ढोका हाम्रो मौलिक पहिचान हुन्। यस्ता काठ, ढुंगा तथा धातुबाट निर्मित हस्तकला झ्याल, ढोका, खापा तथा फर्निचरले नेवारी परम्परागत शैलीहरूलाई झल्काएको पाइन्छ। हस्तकलाकै माध्यमबाट बनाइने यस्ता कलात्मक झ्याल तथा ढोकाहरू बाहिर राख्दा अग्राखको प्रयोग गरिन्छ भने घरभित्र राखिने सजावटका सामग्री, फर्निचरलगायतमा सिसौ, साल जस्ता काठ प्रयोग गरिएको पाइन्छ । काभ्रेको पनौतीमा रहेको इन्द्रेश्वर महादेवको मन्दिरमा कुदिएका कलात्मक टुडाँलले पनि एतिहासिक शृंगारिक कलाको झझल्को दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?