अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुग्यो

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । अछामका विभिन्न स्थानमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार पहिरोमा परेर हाल सम्म ६ जना बेपत्ता र ११ जना घाइते भएका छन् ।

अछामको कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताउनु भयो ।

उनकाअनुसार कमलबजार नगरपालिका–८ मा एकै परिवारका पाँच जनाको शव निकालिएको छ भने कमलबजार–६ ठाँटीकाँधमा बेपत्ता तीनै जनाको शव फेला परेको छ । ठाँटीकाँधमा यसअघि निकालिएको चार जनाको गरी सात जनाको मृत्यु भएको छ । यस्तै, तुर्माखाँद५ मा दुई घर पुरिँदा चार जनाको शव फेला परेको छ । अन्य पाँच जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेको रिजालले बताउनु भयो । तीनै मृतकको सनाखतको प्रक्रिया सुरू भएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनु भयो । उहाँका अनुसार बेपत्ताहरूको खोजी तीव्र पारिएको छ ।
-मोहन जोशी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?