भोजपुरका ३८ विद्यालय राष्ट्रपति शैक्षिक सुधारका लागि छनौट

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

-निरोज कोइराला
भोजपुर । विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि पूर्वी पहाडी जिल्ला भोजपुरका ३८ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् ।

आइसिटी ल्याब स्थापना, दुई तथा चार कोठे भवन निर्माणका लागि भोजपुरका नौ वटै स्थानीय तहका विद्यालयहरु छनौटमा परेका छन । २१ वटा बिद्यालयहरुमा दुई तथा चार कोठे भवन निर्माण हुनेछ भने १७ वटा विद्यालयमा आइसीटी ल्याव स्थापना हुने शिक्षा विकास तथा समन्वय इकाई भोजपुरले जनाएको छ ।

सो कार्यक्रमका लागि भोजपुर नगरपालिकामा ७ बिद्यालय छनौट भएका छन भने रामप्रसाद राई र आमचोक गाउँपालिकामा तीन/तीन वटा विद्यालय छनौटमा परेका छन् । यस्तै षडानन्द नगरपालिकाका ५ र अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, हतुवागढी गाउँपालिका र पौवादुङमा गाउँपालिकाका लागि चार चार वटा बिद्यालय छनौटमा परेका छन् ।

समन्वय इकाईका अनुसार आइसीटी ल्यावका लागि छनौट भएका बिद्यालयले ६ लाख ५० हजार अनुदान बजेट पाउने छन भने दुई कोठे भवनका लागि २५ लाख र ४ कोठे भवन निर्माणका लागि ५० लाख बजेट विद्यालयहरुले पाउने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?