सदनको अकाल मृत्युवरण रोकेर संविधान कार्यान्वयन गर्यौ : अध्यक्ष प्रचण्ड

फाईल फोटो

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट संविधान घोषणा हुँदा देशमा राजनीतिक स्थायित्व, विकास र सम्मृद्धिको बाटोमा लाग्ने विश्वास गरे पनि त्यो सफल भएनको बताउनु भएको छ । प्रतिनिधिसभाको अन्तिम बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानविपरित सदनले झण्डै अकाल मृत्युवरण गर्नु परेको बताउनु भयो ।

उहाँले संविधानले निर्देशित गरेअनुसार पाँच वर्ष सदन चल्ने अनुमान गरे पनि यसले विभिन्न अवरोध व्यहोर्नु परेको बताउनु भयो। सरकार गठनको तीन वर्षमै संविधानअुनसार सरकार अघि बढ्न सकेन । यसले अस्थिरता निम्त्याउन खोजेको थियो ।

यस्तै, प्रतिपक्ष दलकाका नेता केपी शर्मा ओलीले आरोप लगाए जस्तो अहिलेको सरकार परमादेशी नभइ जनदबाब र संविधानअनुसार बनेको उहाँले बताउनु भयो । ओलीले संसदमा गरेको भाषणपछि जसले जे बोले पनि हुने रहेछकी के हो जस्तो लागेको अध्यक्ष प्रचण्डले बताउनु यभो । उहाँले भन्नुभयो, ‘संविधान हामीले नै बनाएका होइनौं र । संविधान बनाउँदा के भनेका थियौँ । संविधानको मर्म के हो ? संसद र नेपाली जनता भेँडा हुन र ?’

उहाँले अहिलेको सरकारले संविधान जोगाएको पनि बताउनु भयो । ‘संविधान मिच्ने मात्रै प्रतिगमनकारी हुने संविधान कार्यान्वयन गर्ने कसरी प्रतिगमनकारी हुने ?’ उहाँको प्रतिप्रश्न छ ।

अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवादको रिस पोख्न ओलीले संसद विघटन गरेको पनि बताउनु भयो। उहाँले पार्टीभित्रका विवाद, मतभेद र समाधान गर्ने आफ्नै विधि छाडेर ओली संसद विघटनमा लागेको बताउनु भयो ।

उहाँले परमादेशको सन्दर्भ र संसदमा जारी सुनुवाईअनुसार यो सरकार जनताको दबाब, संविधान र संसदको बहुमतबाट बनेको प्रष्ट भएको उहाँको भनाइ छ । बरु अदालतलाई गलत बाटोमा लैजाने काम अघिल्लो सरकारले पो गरेको रहेछ भनेर निलम्बित प्रधानन्यायाधीशको सुनुवाईबाट पुष्टि भएको उहाँले बताउनु भयो

अन्तिममा उहाँले संविधान, लोकतन्त्र, प्रजातन्त्रको रक्षाका लागि यो सरकार गठन भएको बताउनु भयो । यो सरकारले कोभिड महामारी नियन्त्रणका लागि गरेको प्रयास र स्वास्थ्य सामग्री जुटाउन निकै राम्रो काम गरेको पनि दावी गर्नुभयो । यस्तै बाँकी तपाई (ओली)ले भनेजस्तै आगामी ४ मंसिरमा हेरौंला ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?