संसदीय मर्यादाको खिल्ली उडाइयो : अध्यक्ष यादव

Read Time = 3 mins

काठमाडौं । जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान घोषणा भएको ६ वर्ष बितिसक्दा पनि देशका सबै नागरिकले यसको स्वामित्व लिन नसकेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले संविधान जारी गर्ने बेला मधेशी समुदायलाई बहिस्कार गरे पनि पछि संसोधनमार्फत यो समुदायलाई समेट्ने आशा लिएको तर पूरा नभएको बताउनु भयो। यसकारण मधेशी समुदायले संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा लिँदै आएको उहाँले बताउनु भयो ।

यो सदनमा जबरजस्ती ‘फास्ट ट्रयाक’को संविधान पुनरावलोकन गर्न कसैले नखोजको उहाँले बताउनु भयो । ‘बरु पटक पटक संदन बिघटन गर्न खोजियो, संसद बिघटनको रेकर्ड बन्यो । खारेजीको चरणमा पुगेको लोकतन्त्रलाई पाँच दलीय गठबन्धनले लिकमा ल्यायो । तर, मधेशी समुदायलाई अनागरिक हुने चरणबाट उठाएन ।’ उहाँले भन्नुभयो ।

यद्यपि, संघीयता कार्यान्वयनका लागि सदनले केही ऐन बनाउको, स्थानीय तह निर्वाचन गरेको उहाँले बताउनु भयो । यी काम हुँदाहुँदै पनि अझै केन्द्रीइ एकात्मक शासन रहिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘संघीयतातर्फका बाटोमा एक कदम सारिएको छैन । संघीयता धरापमा पर्ने हो की भन्ने आशंका छ ।’

उहाँले नागरिकता विधेयकको विवादले संसदको औचित्यनै समाप्त हुन खोजेको हो की भनेर अशंका गर्नुभयो । उहाँले भन्नुभयो, ‘दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएर संसदीय मर्यादाको खिल्ली उडाइयो ।’

यस्तै, लोकतन्त्र र संघीयता बचाउन विभिन्न पटक विभिन्न समुदायले आन्दोलन गरे तर, सरकारले तिनीहरुलाई पक्रेर उल्टै बन्दी बनाएको आरोप लगाउनु भयो । उनीहरुलाई तत्काल रिहा गर्न उहाँको माग छ ।

मधेश अन्दोलन र अन्य आन्दोलनबारे अध्ययन गर्न सरकारले गठन गरेको लाल आयोगको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न पनि उहाँले माग गर्नुभयो ।
साथै, सदनमा उहाँले संविधानअनुसार नेपालमा स्वायत्त क्षेत्र कहाँ छ ? भनेर प्रश्न गर्नुभयो । उहाँले स्वायत्त क्षेत्र खोज्न कहाँ जाने ? प्रश्न गर्नुभयो ।

अहिले देशमा भष्ट्राचार संगठित र संस्थागत भएको उहाँको आरोप छ । यही कारण देशको वित्तिय अवस्था नाजुक बनेको छ । उहाँले भन्नुभयो, ‘व्यापार घाटा घटाउने कुनै योजना छैन । देश दरिद्रीकरणतर्फ गइरहेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?