बहुउद्देश्यीय कभर्डहलको शिलान्यास

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलको शनिबार शिलान्यास गर्नुभएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने कभर्डहल काठमाडांै महानगरपालिका–१५ स्थित डल्लु आवास क्षेत्रमा ६ रोपनी जग्गामा निर्माण हुने भएको छ । हलमा भलिबल, ब्याडमिन्टन, टेबलटेनिसलगायत ध्यान, योग, सेमिनार सञ्चालन गर्न सकिनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल ओलम्पिक कमिटीको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा बन्ने कभर्डहलले स्थानीयस्तरमा खेलाडी उत्पादनका साथै अन्य सभा सम्मेलन, ध्यान योगका कार्य गर्नलाई सहज हुने बताउनुभयो ।

उहाँले आफू ओलम्पिक कमिटीको महासचिव भएका बेलामा बनाएको योजना अहिले आएर कार्यान्वयन हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले बाहृय संस्थाले सहयोग गरे तापनि यो स्थानीयस्तरको सम्पत्ति भएको र स्थानीयहरूले नै प्रयोग र संरक्षण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले हल निर्माणले स्थानीयस्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?