गण्डकीको भलिबल टोली घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । नवौं राष्ट्रिय खेलकुदका लागि घरेलु टोली गण्डकी प्रदेशले भलिबलतर्फको महिला र पुरुष टोलीको घोषणा गरेको छ । प्रदेश खेलकुद विकास परिषद् गण्डकीले पुरुषतर्फ हरि पाण्डेको तथा महिलामा राष्ट्रिय टोलीको समेत कप्तान रहनुभएकी अरुणा शाहीको कप्तानीमा समान १२ सदस्यीय टोली घोषणा गरेको हो ।

पुरुषतर्फ कप्तान हरि पाण्डे (स्याङ्जा), रवि केसी (बाग्लुङ), किरण गुरौ (नवलपुर), घनश्याम चौधरी (नवलपुर), सन्तोष थापा मगर (स्याङ्जा), सञ्जय परियार (पर्वत), दीपक मल्ल ठकुरी (बागलुङ), हिमाल सुनारी (नवलपुर), प्रेमबहादुर कुमाल (तनहुँ), सुजन चोखाल (म्याग्दी), सुवास कुँवर (पर्वत) र राजन थापा (स्याङ्जा) रहनुभएको छ ।

यस्तै, महिलातर्फ कप्तान अरुणा शाही (म्याग्दी), रेविना घर्ती मगर (म्याग्दी), सुस्मिता पुन (म्याग्दी), पवित्रा श्रीपाली (म्याग्दी), मनिषा तिलिजा पुन (म्याग्दी), ममता डगौरा (कास्की), गंगा गुरुङ (कास्की), सम्पदा गुरुङ (कास्की), रिमा कुँवर (पर्वत), प्रतिक्षा सेन ठकुरी (पर्वत), सोइङ थापा (स्याङ्जा) र हिमाली रोका मगर (बागलुङ) रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?