घानाका १४० जना विद्यार्थीलाई चीनको छात्रवृत्ति

Read Time = 2 mins

केप कोस्ट । चिनियाँ अध्ययनमा उत्कृष्टता प्रदर्शन गरेकामा केप कोस्ट विश्वविद्यालयमा आयोजित एक समारोहमा १४० जना विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति प्रदान गरिएको छ । समारोहलाई सम्बोधन गर्दै घानाका लागि चिनियाँ राजदूत लु कुनले छात्रवृत्तिले सबै तहका घानाका विद्यार्थीलाई चिनियाँ भाषाको अध्ययनमा उत्कृष्ट बनाउन मद्दत गर्ने आशा व्यक्त गर्नुभयो ।

‘चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र बनेको हुँदा चीनलाई राम्रोसँग बुझ्नमात्र होइन, चीनको विकासबाट लाभान्वित हुनसमेत चिनियाँ अध्ययन आवश्यक छ,’ राजदूतले भन्नुभयो । सो कार्यक्रमलाई सम्बोधन गर्दै चीनमा अध्ययन गर्न चाहने घानावासीलाई चिनियाँ दूतावास सहयोग गर्न तयार रहेको लूले विद्यार्थीलाई बताउनुभएको हो ।

विश्वविद्यालयका उपकुलपति जोन्सन न्यार्को बोम्पोङले चिनियाँ भाषाको महत्व अझ बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चिनियाँ भाषाले अवसरहरूको ढोका खोल्ने साँचोहरू प्रदान गर्दछ । घानामा चिनियाँ उद्यमहरूको बढ्दो संख्यामा धेरै रोजगारीका अवसर छन् ।’ यस किसिमको छात्रवृत्तिबाट लाभान्वित हुनसमेत उहाँले आग्रह गर्नुभयो । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?