सञ्चारकर्मी, कलाकार सूर्य चन्दले काठमाडौं-४ बाट उम्मेदवारी दिने

Read Time = 2 mins

काठमाडौं । सञ्चारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्दले काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापा र एमालेका नेता राजन भट्टराईको निर्वाचन क्षेत्रबाट उहाँले चुनाव आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको हो ।

उहाँ अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरूसँग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनावी माहोल तयार पार्न जुटिरहनु भएको छ । विभिन्न विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या देख्दा युवाहरू निरास भएपछि आफू अघि सरेको चन्दको भनाइ छ ।

‘युवाहरू अवसरको खोजीमा छन्, रोजगारीको अवसरका लागि भौतारिरहेका छन् त्यसैले हामीजस्ता सचेत युवाले राजनीति विकृति र विसंगतिविरुद्ध आवाज बुलन्द गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

चन्दले स्वदेशमा उद्योगधन्दा सञ्चालन गरी रोजगारी सिर्जना गरेर विदेशिएका युवालाई स्वदेशमै रोजगारी दिएर आर्थिक समृद्धिको ढोका खोल्ने बताउनुभयो । यो क्षेत्रमा ०७४ को निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई हराउँदै कांग्रेसका थापा निर्वाचित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Surya chand
Surya chand
2022-09-18 10:04 pm

Thank you so much for updating my political news

रिलेटेड न्युज

छुटाउनुभयो कि ?