‘लाखे’ को जापान राइट बिक्री

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘लाखे’ को जापान राइट बिक्री गरिएको छ । जापान निवासी युवा व्यावसायी तथा समाजसेवी जेबी गुरुङले चलचित्रको जापान प्रदर्शन अधिकार किनेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताउनुभयो । जापानपछि केही दिनमै अन्य देशमा चलचित्रको प्रदर्शन अधिकार बिक्रीको तयारी गरिएको उहाँले सुनाउनुभयो ।

युवा निर्देशक सम्राट बस्नेत निर्देशित यो चलचित्रमा सौगात मल्ल, अनुपबिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना र बालकलाकार सिस्टम भण्डारीको मुख्य अभिनय छ ।

कात्तिक ११ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रका प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी (जिएम) हुनुहुन्छ भने निर्मातामा सिजन अर्याल र डिपी भण्डारी रहनुभएको छ । सुसन प्रजापतिको छायाँकन रहेको चलचित्रका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।

औरियन प्रोडक्सन र ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्माता सिजन अर्यालकै हो भने पटकथा, सम्वाद आकाश बरालले लेख्नुभएको हो । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?