गोदरेजको क्यास सरप्राइज

Read Time = 2 mins

काठमाडौं । भारतको नम्बर वान रेफ्रिजेरेटर ब्राण्ड गोदरेजले दशैं तिहारलाई लक्षित गरी क्यास सरप्राइज नामक योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले गोदरेजका होम एप्लायन्स खरिदमा आकर्षक क्यासब्याक र उपहार प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले हरेक गोदरेजको सामान खरिदमा २६ प्रतिशतसम्मको छुट र आकर्षक उपहारहरू पाउन सक्ने कम्पनीले जनाएको छ । योजनामा फ्रन्ट लोड वासिङ मेसिन खरिदमा आकर्षक छुटका साथै छ केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर, टप लोड वासिङ मेसिन खरिदमा आकर्षक छुटका साथै तीन केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर, सेमी अटोमेटिक वासिङ मेसिन खरिदमा दुई केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडरका साथै माइक्रोवेभ ओवनमा आकर्षक छुट पाउन सकिनेछ ।

त्यसैगरी, रेफ्रिजेरेटर, एअर कुलर, छोटुकुल, चेस्ट फ्रिजर, एसी र भाइरोसिल्ड खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ । एसीमा आकर्षक छुट र निःशुल्क एसी जडान सुविधाका साथै शून्य प्रतिशत फाइनान्स सुविधासमेत रहेको छ । गोदरेजको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?